काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी छिन्।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार परराष्ट्रमन्त्री एनपी साउँदसँगै नियुक्त गरेका हुन्।
चपाईं एकीकृत समाजवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य छिन्।
उनी राज्यमन्त्री भएको मन्त्रालय एकीकृत समाजवादीको भागमा छ। प्रकाश ज्वालालाई यसअघि नै उक्त मन्त्रालयका मन्त्री नियुक्त गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।