काठमाडौं– नेपाली कांग्रेसकी सांसद लिला बोखिमले ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चीन जोड्ने सडक तत्काल निमार्ण पुरा गर्न माग गरेकी छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद बोखिमले उक्त माग गरेकी हुन्।
‘राष्ट्रिय महत्वको सडकलाई प्रथमिकता दिइयोस्। ताप्लेजुङको ओलाङ्चुङगोलाबाट चीन जोड्ने सडक थोरै मात्र बाँकी छ। तर पटक पटक टेण्डर आह्वान सुरु भयो भनेर हामीले सुनिरहेका छौँ। तर बाटो कहिले पनि पुरा भएको छैन,’ सांसद बोखिमले भनिन्।
सांसद बोखिमले सुकेटार विमानस्थलबाट पाथिभरा सम्मको सडक जोड्न थोरै मात्र बाँकी रहेको बताउँदै उक्त सडक चाँडै पुरा गर्न माग गरिन्। ‘प्रसिद्ध धार्मिकस्थल पाथिभराको मन्दिरमा सुकेटारस्थित विमानस्थलबाट थोरै मात्रै सडक जोड्न बाँकी छ। उक्त धार्मिकस्थल जाने सडक बर्खायाममा अत्यन्तै अप्ठ्यारो हुन्छ,’ सांसद बोखिमले भनिन्, ‘उक्त सडकहरुको चाँडो भन्दा चाँडो निर्माण पुरा गर्न माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।