काठमाडौं– नेपाली काग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन्। उनले आइतबार पराराष्ट्रमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा साउदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। कांग्रेस नेता साउद यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री भएका थिए।
नेपाली कांग्रेसको विद्यार्थी संगठन, नेपाली विद्यार्थी संगठनको राजनीतिबाट पार्टी राजनीतिमा आएका साउद नेपाली कांग्रेसका लागि सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेतामध्ये पर्छन्। मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचन साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।