काठमाडौं– पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान बाबर आजमले टी–२० मा सर्वाधिक सतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
उनले न्युजिल्याण्डविरूद्ध दोस्रो टी–२० मा ५८ बलमा अविजित १०१ रन बनाएका थिए। यो उनको अन्तर्राष्ट्रिय टी–२० मा तेस्रो सतक थियो। उनले कप्तानको रूपमा २ सतक बनाएका भारतका रोहित शर्मालाई उछिनेका हुन्। यद्यपि रोहितको अन्तर्राष्ट्रिय टी–२० मा ४ सतक छ। उनी यो कीर्तिमानको बराबरी गर्न एउटा सतकले पछाडि छन्।
अन्तर्राष्ट्रिय टी–२० मा सूर्यकुमार यादव, कोलिन मुनरो, एस डाविजी र ग्लेन मेक्सवेलले पनि ३ सतक बनाएका छन्।
बाबरले २०२१ मा दक्षिण अफ्रिका र २०२२ मा इङ्ल्याण्डविरूद्ध सतक बनाएका थिए। न्युजिल्याण्डविरूद्ध ५ टी–२० को शृंखलामा पाकिस्तान २–० ले अगाडि छ। दोस्रो टी–२० मा पहिलो ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। प्रत्युत्तरमा न्युजिल्याण्डले ७ विकेटमा १५४ रन मात्र फर्काउन सफल भयो। पाकिस्तान ३८ रनले विजयी भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।