मनिष झा (फाइल तस्बिर)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रेदश सरकार कानुन विपरीत बारा २ मा हुन गइरहेको उपनिर्वाचनमा केन्द्रित भएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद झाले उक्त आरोप लगाएका हुन्। साथै सांसद झाले निर्वाचन आयोगलाई पनि उक्त विषयमा ध्यानाआकर्षण गराएका छन्।
‘मधेस प्रेदशको सम्पूर्ण सरकार बारा २ मा केन्द्रित भएको छ। प्रदेश सरकारमा जाँदा मुख्यमन्त्री लगायत संयन्त्रका कोही पनि भेटिँदैन। निर्वाचन आयोग ऐन २०७३ को दफा ५० अनुसार यस्तो गर्न पाँइदैन। तर किन हुँदैछ? यदि निर्वाचन लोकतन्त्रको आधारभूत सिद्धान्त हो भने लोकतन्त्रकै आधारभूत शासन कानुनी शासन पनि हो। त्यसलाई पनि ध्यान दिइयोस्,’ झाले भने, ‘यसमा निर्वाचन आयोगको पनि ध्यान केन्द्रित होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।