काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो बस्दै छ। आइतबार दिनको १ बजे बस्ने बैठकका लागि सम्भावित ३ वटा कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
आइतबारको वैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ।
यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
आइतबारको बैठकमा पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरिनेछ। २०१५ सालको आम निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित तुम्वाहाम्फेको ९७ वर्षको उमेरमा गत चैत २४ गते निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।