काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। सांसद साउदलाई प्रधानमन्त्रीले आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने र आइतबार नै पद तथा गोपनीयताको शपथ तय भएको छ।
साउदको शपथका लागि दिउँसो ३ बजेको समय निर्धारण गरिएको देउवानिकट एक नेताले जानकारी दिए। साउदलाई मन्त्रीका लागि प्रधानमन्त्रीसमक्ष देउवाले सिफारिस गरेका हुन्।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको हो।
केही दिनमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि उनलाई नियुक्त गर्न लागिएको हो। हाल प्रधानमन्त्रीसँग आफैं ६ वटा मन्त्रालयको जिम्मेवारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।