काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमा सीके राउतले लेखेका छन्, ‘चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार रहने हो भने उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए कांग्रेसको।’
उनले उपनिर्वाचन पछि मधेस प्रदेशका मुख्यमन्त्रीको बहिर्गमन हुने भन्दै सत्ताधारीले जनतालाई दिग्भ्रमित गर्न अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ नभएको बताएका छन्।
‘जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नू’, उनको भनाइ छ।
मधेस प्रदेशमा जनमत पार्टीले सुरुवातमै मुख्यमन्त्रीमा दाबी गरेको थियो। तर तत्कालीन सहमति अनुसार त्यो अवसर जनता समाजवादी पार्टीले पाएको थियो। तर जसपा र जनमत पार्टीबीच केन्द्रीय तहमै तिक्त सम्बन्ध रहँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।