काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स घरेलु मैदानमा पराजित भएको छ। कोलकाता पाहुना टोली सनराइजर्स हैदराबादसँग २३ रनले पराजित भएको हो।
गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा जितका लागि २ सय २९ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन मात्रै बनाउन सक्यो।
कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ रन बनाए पनि टोलीको हार टार्न पर्याप्त भएन। त्यस्तै, रिङ्कु सिंह ५८ रनमा अविजित रहे।
हैदराबादका मार्को जनसन र मयंक मारकान्डेले समान २/२ विकेट लिए। त्यस्तै, भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एक/एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो।
हैदराबादका ह्यारी ब्रुकले सय रनको अविजित शतकीय पारी खेले। कप्तान एडेन माक्ररमले ५० रन जोडे। कोलकाताका आन्द्रे रसेलले ३ विकेट तथा वरुण चक्रवर्तीले एक विकेट लिए। कोलकाता ४ खेलमा ४ अंककासाथ तालिकाको चौथो स्थानमा रहँदा हैदराबाद ४ खेलमा ४ अंककासाथ सातौँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।