काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन्।
नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिका लागि सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउदै एकतामा आउनुपर्नेमा जोड दिए।
थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेको बताए। उनले आर्थिक विकास, समृद्धि र देश निर्माण मृगमरिचिका बनेको टिप्पणी गरे।
वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथि परे देशको अर्थतन्त्र तासको घरझैं ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राजनीतिको छाँयामा परेकोमा चिन्ता व्यक्त गरे।
ठूला दलहरूको अदूरदर्शिता र अकर्मण्यताको कारण विदेशी चलखेल र प्रभाव बढेको, कानुनी मान्यतामाथि हमला गरिएको, सीमित राजनीतिक दलका सीमित नेताहरूको सिन्डिकेटतन्त्र हाबी भएको थापाको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।