काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले भने, ‘२००६ सालमा पार्टी स्थापना २२ अप्रिलमा भएको थियो। कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने हाम्रो पार्टीले निर्णय गरेको छ।’
उनले काठमाडौंमा केन्द्रीय कार्यक्रम, प्रत्येक प्रदेश र जिल्लामा आ–आफ्नो अनुकुलता बमोजिम कार्यक्रम हुने जानकारी दिए। प्रवक्ता खतिवडाले पार्टी परित्याग गरेका मुकुन्द न्यौपानेलाई पार्टीको किताबखानाबाट हटाउने निर्णय समेत गरेको बताए।
नेकपा एसका उपाध्यक्ष समेत रहेका न्यौपानेको आरोप खण्डन गर्न लायक नभएको बताउँदै खतिवडाले उनको प्रतिवेदनमा एक जनाले पनि समर्थन नगरेका कारण पार्टीमा छलफल नभएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।