काठमाडौं– शान्ति सुरक्षा कामय गर्नका लागि चाहिने सूचना अर्थात् सुराकी खर्च बापत एक वर्षमै १ करोड ६८ लाख ९७ हजार रुपैयाँ खर्च भएको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा उक्त खर्च भएको उल्लेख गरिएको हो। २०७८ अजोज १४ गतेको मन्त्रिपरिषद्को निर्णयले गृहमन्त्रीले एक पटकमा सुराकी वापत ५० हजार र गृहसचिवले २५ हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरिएको थियो।
त्यही व्यवस्थाको लुपहोललाई टेकर गृहसचिवले ९२ लाख ९७ हजार र गृहमन्त्रीले ७६ लाख रुपैयाँ खर्च गरेको पाइएको हो।
सुराकीको वापत फजुल खर्च हुने गरेको भन्दै महालेखाले यसअघि पनि पटक–पटक प्रश्न उठाउँदै आएको थियो। यो पटक भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त खर्च नै खारेज गर्ने निर्णय गर्दै उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए। मन्त्रिपरिषद्ले समेत उक्त खर्च खारेज गर्ने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।