काठमाडौं– सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ।
दिउँसो १ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो। सभामुखले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन्।
सभामुख घिमिरेले २०७९ चैत २५ गते सिंहदरबारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा प्रमुख ३ दलका नेताहरुसँग छलफल गरेका थिए। चैत २८ गतेको छलफलमा संक्रमणकालीन न्यासँग सम्बन्धित सहित अन्य विधेयकहरुलाई सहमतिका आधारमा अगाडि बढाउने समझदारी बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।