काठमाडौं– दार्चुलाको नौगाड गाउँपालिका–५ मा किशोर–किशोरी मृत भेटिएका छन्। भीरमा शव अड्किएको अवस्थामा उनीहरु मृत भेटिएका हुन्।
मृत भेटिनेमा नौगाड–४ का लोकेन्द्र ठगुन्ना र सोही ठाउँका सञ्जिला धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेले जानकारी दिए। उनीहरु अन्दाजी १५/१६ वर्ष उमेरका रहेको बताइएको छ।
प्रहरीका अनुसार उनीहरु नयाँ वर्षको बिषु पर्वमा लाग्ने मेला हेर्न भनेर गएका थिए। संकास्पद अवस्थामा २ जनाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।