काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब हरेक हप्ताको शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडाबाट नेता तथा कार्यकर्तासँग भेट गर्ने भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षदेखि नयाँ कार्यक्रमको रुपमा हरेक साताको शुक्रबार पार्टी कार्यालय पुगेर भेटघाट गर्ने निर्णय गरेका हुन्।
नयाँ कार्यक्रमको सुरुवातका लागि प्रधानमन्त्री प्रचण्ड अहिले पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन्। त्यहाँ उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै, पार्टी पंतिका सुझाव तथा गुनासाहरु सुन्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।