काठमाडौं– कीर्ते हस्ताक्षर गरेर करिब डेढ लाख रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता लिएको आरोप लागेका तत्कालीन गाविस सचिव दोषी ठहर भएका छन्।
तेह्रथुमको साविक दाँगपा गाविसका सचिव मणिप्रसाद राईलाई विशेष अदालतले दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल र बलभद्र बाँस्तोलाको इजलासले बिहीबार उनलाई दोषी ठहर गरेको हो।
कीर्ते हस्ताक्षर गरेर सामाजिक सुरक्षा वापतको २ लाख ९ हजार ७ सय रुपैयाँ घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७६ भदौ १९ गते मुद्दा दायर गरेको हो।
राईले मृत्यु भएका व्यक्तिहरूको तथा अन्य व्यक्तिहरको नाममा आएको सामाजिक सुरक्षा भत्तामा घोटाला गरेका थिए। मृत्यु भएका तर, मृत्यु दर्ता नभएका व्यक्तिहरूको नाममा आएकाहरू रकमको कीर्ते हस्ताक्षर गर्दै उनले घोटाला गरेका थिए।
दोषी ठहर भएका राईविरुद्ध सजाय निर्धारण हुने भने बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।