• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
हरवाचरवाका दु:ख

जमिन्दारको मिलले काटिएका चलितरका औँला

64x64
समर्पण श्री शनिबार, वैशाख २, २०८०  ०८:३९
1140x725

जनकपुर– ‘तपाईंको औँलामा के भएको?’

सोध्नासाथ चलितर खतवे मण्डलले देव्रे हात उठाए। हातका चार औँला काटिएका छन्। ‘गिरहतको मिलमा...,’ चलितरले पूरा वाक्य नबोल्दै रोके। 

गणेशमान चारनाथ नगरपालिकाबाट मंगलबार ‘हरवाचवरा’को अधिकार यात्रा जनकपुरधामतर्फ अगाडि बढ्दै थियो। मधेशमा ओर्लिएको चर्को घाम छिचोल्दै उनीहरू ट्र्याक्टरमा यात्रा गरिरहेका थिए। 

अडेस लगाएर बसिरहेका चलितरले टाउकोमा फेटा बाँधेका थिए। सेतो सर्टमाथि निलो रङको ज्याकेट पहिरिएका थिए। ट्र्याक्टरले बेलाबेला उफार्थ्यो, चलितर दायाँ हातको भरथेग लिन खोज्थे। त्यही क्रममा उनको देव्रे हातका काटिएका औँलातिर नजर परेको थियो।

चलितरसँग औँलाबारे जिज्ञासा राख्दा आक्रोशमिश्रित भावमा भने, ‘हामी हरवाचरवाको औँला, हात काटिनु भनेको त गिरहतको लागि जनावर काटिएजस्तो हो नि।’

सिरहाको लक्ष्मीपुर पतारीमा बस्छन् चलितर। अहिले ६२ वर्षका भए, उनी।

टुटफुट नेपाली बोल्न सक्ने चलितर मैथलीमै आफ्नो कुरा सुनाउन चाहन्थे। घरी नेपाली र घरी मैथली मिसाएर उनले पुराना दिन स्मरण गरे, जतिबेल उनीसँग काम गर्ने बल र उमेर थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

घटना करिब २० वर्षअघिको हो। उनी गिरहत रासलाल बंगालीको खेतबारीमा काम गर्थे। एकदिन गिरहतले ठूलो सेलर मिल ल्याए। त्यसपछि उनले मिलमा पनि काम गर्नुपर्ने भयो।

एकदिन मिलले देव्रे हातको चार औँला काटियो। औँला काटिएपछि गिरहतले नै उनलाई धरानस्थित घोपा अस्पतालमा लगेर उपचार गरे। करिब एक महिनाको उपचारमा एक लाख खर्च भयो। यति खर्च व्यहोरेपछि जमिन्दारले उनलाई कामबाटै निकालिदिए। ‘क्षतिपूर्ति दिएन। बरु कामबाटै हटायो। मैले गरेको दुःखको कुनै मूल्य देखेन,’ चलितरले सुनाए।

उनको आफ्नो जग्गा थिएन। ऐलानीमा सानो छाप्रो थियो। ५ छोराछोरीसहित चलितर दम्पतीले त्यही छाप्रोमा दिन गुजारेका थिए। चलितर काम गर्न सक्ने अवस्थामा थिएनन्। कति रात उनीहरूले भोकभोकै कटाए। ‘खानाका लागि अन्न थिएन, पानी खाएर पनि दिन कटाएका छौँ,’ चलितर भन्छन्। 

श्रीमती पसलादेवी खतवे मण्डल अरु जमिन्दारको खेतबारीमा गएर काम गर्न थालिन्। जमिन्दारले दिएको चामलले छाक टार्नै मुस्किल हुन्थ्यो। ‘त्यसपछि उनीहरूसँग ऋण लिइयो। त्यही ऋणको बदलामा धेरै वर्ष काम लगाइरहे,’ चलितर भन्छन्। 

औँला काटिएपछिका दिन पहिलाका जस्ता रहेनन् चलितरका। उनी बिरामी भइरहन्थे। काम गर्ने सामर्थ्य पनि घट्दै गइरहेको थियो।

हुर्कँदै गएपछि उनका दुई छोरा पनि हरवाचरवा बसे। तर, उनीहरूको दुःखका दिन सकिएनन्। तीन छोरी र दुई छोराको विवाहका लागि लिएको कर्जा चुकाउन पनि परिवार गिरहतकोमा हरवाचरवा बसिरह्यो। र, यो क्रम अहिलेसम्म पनि जारी छ।

चलितरका बाजेको पालासम्म उनीहरू कहरिया गर्थे। बेहुला बेहुलीलाई डोलीमा बोक्ने पुर्ख्यौली पेसा थियो चलितरको। बाको पालादेखि नै त्यो पेसा लोप भइसक्यो। चलितरका बा भने सानैदेखि ‘हरवाचरवा’ बसे। सिँगो परिवार नै हरवाचरवा बस्न बाध्य भयो। ‘वर्षौं हामीले जमिन्दारको हरवाचरवा बस्यौँ। तर, हाम्रो जमिन कहिल्यै भएन,’ चलितर भन्छन्। 

चलितरको परिवारले गिरहतकोमा काम गर्दा थुप्रै विभेद भोग्नुपरेको छ। ‘हामीलाई आँगनबाट भित्र पस्न दिइन्न।  खाना पतरीमा दिलइन्छ। थाल दिइन्न। खाइएपछि त्यो पखालेर छुट्टै राख्नुपर्छ,’ उनी भन्छन्, ‘अहिले पनि पशुको भन्दा तल्लो स्तरको व्यवहार गरिन्छ।’

उनको परिवारले थुप्रै पटक गर्मी र हिउँद एउटै कपडाले कटाएको छ। उनका लागि जाडो र गर्मी सधैं ज्यानमारा भएर आइदिन्छ। ‘हामी गरिब दलितका लागि कुनै पनि महिना आफ्नो हुँदैन रहेछ,’ उनी भन्छन्।

राजविराजदेखि जनकपुरसम्मको ५ दिने यात्रामा चलितर विभिन्न स्थानीय तहहरू घुमे। घुम्दा थाहा पाए, ‘मजस्तै हजारौं हरवाचरवाको दुःख एउटै रहेछ।’ उनले जस्तै उनका साथीहरू यात्राभर एउटै कपडामा थिए। चप्पल फाटेको थियो। उनीजस्तै सबै चाहन्थे, ‘यो दुःखबाट मुक्ति।’

पहिले पहिले त चलितर बोल्न सक्दैनथिए। अहिले आफ्ना कुरा गिरहतकै अगाडि आक्रोशजन्य भावमा राख्न सक्छन् उनी। राष्ट्रिय हरवाचरवा अधिकार मञ्च विस्तारै संगठित हुँदै गएपछि त्यो बल प्राप्त गर्दै गए उनले। ‘संगठनले बोल्न सिकायो, अधिकार माग्न सिकायो,’ उनी भन्छन्।

 अहिले उनी अधिकार मञ्चका सिरहा जिल्ला उपाध्यक्ष छन्। 

यसपटकको यात्रामा चलितरले भाषण गरे, नारा लगाए। तर, उनी गलेनन्। ‘अब हामीले भोगेको उत्पीडन हाम्रा नातीनातीनाले भोग्न नपरोस्,’ उनी भन्छन्। 

उनका दुई नातीनातिनीले एसईई दिइसके। उनीहरूलाई थप पढाउन चाहन्छन् चलितर। ‘उही जमिन्दारकहाँ हरवाचरवा बस्न पोतापोतीलाई दिने छैनौँ,’ उनी भन्छन्।

गत साउन २ गते हरवाचरवाका लागि उत्सवको दिन थियो। देशका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूको मुक्ति घोषणा गरेका थिए। ‘तर, खै ९ महिना बित्यो। हामीले मुक्ति पाएका छैनौँ,’ उनको प्रश्न छ।

सरकारले न जमिन दियो, न रोजगारी। न शोषणाको अन्त्य नै भयो। चलितर अधिकार यात्रामा सरकारलाई खबर्दारी गर्न निस्केका हुन्।

‘अब काठमाडौंको सिंहदरबार जानुपरे पनि जान्छौँ। तर, हामी अधिकार नपाएसम्म लडिरहन्छौँ,’ चलितर दृढ भएर भन्छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्