अध्यक्षमा निर्वाचित क्षितिज थेबे।
काठमाडौं– नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सर्वसम्मत नेतृत्व चयन गरेको छ।
नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो। जस अनुसार अध्यक्षमा क्षितिज थेबे चुनिएका छन्।
उपाध्यक्षहरूमा अमित लामा, पुष्प श्रेष्ठ, प्रकाश गौतम, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी रहेका छन्।
यस्तै, महासचिवमा सुमन पुरी, उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा चुनिएका छन्।
सचिवहरूमा कुबेर अधिकारी, पर्वत भण्डारी, विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता र विष्णा चन्द छन्।
आर्थिक विभाग प्रमुखमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रविन चुनिएका छन्।
यसैगरी, अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का, सचिवमा राजन नेपाली, निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चुनिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।