काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीको स्वास्थ्य उपचार अब सरकारी अस्पतालबाट मात्रै हुने भएको छ।
अबदेखि आकस्मिक उपचार बाहेकका सबै उपचार सरकारी अस्पतालबाट गराउने क्यान आवद्ध डा अभिषेक राज सिंहले जानकारी दिए।
‘इमर्जेन्सी कन्डिसनमा चाहिँ नजिककै रहेका जुनसुकै अस्पतालबाट पनि उपचार गराउने हो। सकेसम्म अरुबेला सरकारी अस्पतालबाट लिने नीति अपनाउन खोजेको हो’, उनले भने, ‘जसअन्तर्गत जेनरल स्पिल्डिङ चाहिँ सिभिल सर्भिस अस्पतालबाट आज लियौं। अनि यो आईसीसीको गेम अगाडि डेक्सा स्क्यानिङ (बोनको सेन्सीटी नाप्ने) सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा पत्राचार गरी कर्न्फम भइसकेको छ।’
मुटुको स्क्यानिङ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हुने डा सिंहले बताए। यस्तै वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल लगायतका सरकारी अस्पतालबाट उपचार गराउने उनले जानकारी दिए।
‘नीतिगत निर्णय गरेर गर्न लागेको त होइन। तर, सरकारी अस्पतालबाट सेवा लिँदा राम्रो हुने र क्यानलाई पनि आर्थिकभार कम होस् भनेर सरकारी अस्पतालबाटै स्वास्थ्य उपचार गराउने निर्णय भएको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।