फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरू शेखर कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूको बैठक बसेको छ।
बालुवाटारमा रहेको नेता कोइरालाको सम्पर्क कार्यलयमा बसेको इतरपक्षको बैठकमा मन्त्रिपरिषद् विस्तार र १० वैशाखमा हुने उपनिर्वाचनबारे छलफल भएको थियो।
छलफलमा सहभागी कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनबारे महामन्त्री गगन थापाले नेताहरूलाई जानकारी गराएका थिए। गौतमका अनुसार महामन्त्री थापाले आफ्नो पक्षबाट तीन मन्त्री र एक राज्यमन्त्री सम्भावना रहेपनि त्यसको अन्तिम टुंगो लागिनसकेको बताए।
केही दिनपछि पुन: बैठक गरेर सरकारमा जाने मन्त्रीहरू तय हुने यो पक्षका नेताहरूले बताएका छन्। बैठकमा उपनिर्वाचनपश्चात मात्रै मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेकाले मन्त्रीहरूका नाम त्यतिबेलै तय गर्ने जनाइएको छ।
इतरपक्षले बिहीबारको छलफलमा तनहुँ र चितवनमा गएर पार्टीका उम्मेदवारलाई उपनिर्वाचनमा जिताउन सक्रिय हुन पनि आफ्ना पक्षका नेताहरूलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।