काठमाडौं– एक साताभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि नबढे आन्दोलनमा उत्रिने चेतावनी दिएको नेपाल बार एसोसिएनका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बारका पदाधिकारी सहितको टोलीले १४ महिनादेखि सर्वोच्च अदालत कामु प्रधान्यायाधीशको भरमा चलिरहेकोबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हो।
बारको टोलीले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गारायो।
जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाइ आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल बार एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै १ साताभित्र प्रधानन्याधीश नियुक्तिको प्रक्रिया नथाले आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो।
नेपाल बारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध तत्कालीन अवस्थामा दर्ता भएको महाभियोगको प्रस्तावलाई पनि टुंगो लगाइनुपर्ने माग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।