• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तेजाव आक्रमणमा परेर जीवनको आशा गुमाएकी विन्दबासिनीका पाइला अब संसद्तिर

64x64
नेपाल लाइभ बिहीबार, चैत ३०, २०७९  ०८:४८
1140x725

काठमाडौं– २०७० सालको बैशाख ९ गते घरको रमाइलो वातावरणमा एक्सासी आफ्नो जिन्दगीमा अन्धकार कालो बादल बनेर आएको घटनापछि जीवन–संघर्ष गरिरहेकी विन्दबासिनी कंशाकारको एउटा सपना पूरा हुनेतिर लम्केको छ।

एसिड आक्रमणमा परेर आफ्नो हँसिलो संसार गुमाएकी उनी अब केही दिनमै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा सांसदको रुपमा यात्रा थाल्ने पक्का भएको छ। रास्वपाले २ करोड घुस प्रकरणमा अडिओ सार्वजनिक भएका सांसद डा ढाकाप्रसाद श्रेष्ठलाई सांसदबाट निलम्बन गर्न सिफारिस गर्नेदेखि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि विन्दबासिनीको ‘भाग्य’ खुलेको हो।

समानुपातिकतर्फ जनजाती महिलाको सूचीमा रहेकी उनी यसअघि अटाएकी थिइनन्। सांसद श्रेष्ठ कारबाहीमा परेपछि दललाई उनी छान्ने विकल्प खुलेको थियो। उनको स्थानमा दलले मेघबहादुर आलेलाई पठाउन सक्थो। तर बुधबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले कंशाकारलाई नै पठाउने निर्णय गर्‍यो। योसँगै अब उनले प्रतिनिधि सभाको रोष्टममा पुगेर आफूजस्तै पीडितहरुको आवाज उठाउने र उनीहरुका लागि कानुन बनाउन भूमिका खेल्ने अवसर पाएकी छन्। 

विन्दबासिनीमाथि यसरी भएको थियो तेजाव आक्रमण
भारतीय नागरिक कमलराज केंसारको (एसिड प्रहार गर्ने)सँग पहिलो पटक फूपुको छोराको मिल्ने साथीको रुपमा परिचय भएको थियो। उसले आफ्नो नाम केशरी बताएको थियो। 

विन्दबासिनीको पहिलो भेट फूपुको छोराको विवाहमा भएको थियो। त्यसपछि कहिलेकाही फाट्टफुट्ट भेट हुन्थ्यो। केशरी फूपुको घरमा निरन्तर आइरहन्थे। उनी पनि त्यहिँ जाने क्रममा भेट हुन्थ्यो। केशरी त्यसपछि हेटौंडाको मेनरोडमा अवस्थित विन्दबासिनीको पसलमा पनि आउन थाले। 

कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाले। केशरीले विन्दबासिनीको नम्बर पत्ता लगाएर ब्लफ कल पनि गरेर सताउन थाले। कैयौंपटक केशरीले विन्दबासिनीलाई फोनबाट प्रेम प्रस्ताव राखे। तर उनले मानिनन्। एक दिन विवाहकै प्रस्ताव राखेपछि आफू विवाह गर्न नसक्ने भन्दै सम्झाउने प्रयास गरिन्। तर केशरी सधैंझै एकतर्फी प्रस्तुत भइराखे।

दैनिकी नै असर पर्नेगरी पटक–पटक भेट्ने र विवाको प्रस्ताव स्वीकार्न दबाब दिन थालेपछि विन्दबासिनीले उक्त कुरा परिवारमा सुनाइन्। केशरीले आफूलाई मानसिक रुपमा तनाव दिएको र हिँडडुल गर्नै असुरक्षित हुँदै गएको समस्या परिवारमा सुनाइन्। 

भोलिपल्ट बिहानै पसलमा बसिरहेकी विन्दबासिनीलाई भेट्न आएका केशरीलाई विन्दबासिनीका बुबा मधुसुधनले राम्रोसँग सम्झाएर पठाए। त्यतिखेर सबै कुरा सम्झेझैं गरेर पसलबाट बाहिरिएका केशरी उनका मिल्ने साथी अर्थात विन्दबासिनीका फूपुको छोरासँग मेलामा स्टल राख्न चितवन गए। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७० सालको बैशाख ९ गते, घरमा  विवाहको वर्षगाँठको उत्सव चलिरहेको थियो। बैशाख ९ आमा बुबाको विवाह भएको दिनलाई उत्सवको रुपमा मनाउने तयारीमा विन्दबासिनी पनि लागेकी थिइन्। विन्दबासिनी पसलमा बसिरहेकी थिइन्। एकाएक पसल अगाडि केशरी देखा परे। विन्दबासिनीले नदेखेझैं गरिन्।

हातमा महको बट्टा बोकेका केशरी हँसिलो अनुहार पारेर फेरि कतै हराए। एक्कै छिनपछि फेरि हातमा त्यही महको बट्टा बोकेर पसलको टेबलमै आए। यो मह घरमा देउ ल? यति भनेर बिर्को खोल्न थाले। अब के कसो गर्ने भन्ने अन्योलमै थिइन् विन्दबासिनी। केही सोच्नै नपाइ केशरीले बट्टा खोले र विन्दबासिनीको अनुहारतिर छ्यापेर फरार भए। 

आफूतर्फ छ्यापिएको वस्तुलाई मह नै सम्झेकी विन्दबासिनी एकैछिनमा भत्भती पोल्न थालेपछि चिच्याइन्। बुबा, आमा, दाइ आत्तिदै आएर हेर्दा उनको अनुहार डडेको थियो। छोरीको अनुहारमा कसैले तेजाव खन्याएको थाहा पाएपछि परिवार आत्तियो। कक्षा १२ मा अध्ययनरत उनी तत्कालीन समयमा १९ वर्षकी थिइन्। उनले तीन पटक अनुहारको सर्जरी गरिसकेकी छन्।

दाइको साथीको रुपमा परिचय भएर आएको व्यक्ति नै आफ्नो जीवनको सबैभन्दा ठूलो पीडाको कारक बनेपछि उनी यसलाई अभियान बनाएर लागिन्। वाणिज्यमा स्नातक गरेकी विन्दबासिनीले सरकारले न्यायसँगै तेजाव पीडितहरुका लागि समाजमा स्थापित हुने कानुन बनाउनुपर्ने माग गर्दै आएकी थिइन्।

उनी अब आफैं कानुन बनाउने निकायमा पुग्ने भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचन अघि उक्त दलमा जोडिएकी थिइन्। पार्टीले उनलाई समानुपातिकको सूचीमा राखेको थियो। अघिल्लो पटक उनको पालो आएन तर यसपटक एक सांसद कारबाहीमा परेपछि उनको सांसद यात्रा हुने देखिएको छ। 

जिल्ला अदालतद्धारा ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला 
जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला २०७६ फागुनमा सुनायो। यो पनि उनले न्यायको महशुस गरिन्। लामो समय फरार रहेपछि उनले न्यायको आश मारेकी थिइन्।

अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैयाँ भराउन पनि अदालतले भनेको छ। अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको थियो। 

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलाशले भारत महाराजगञ्जस्थित अमरपूर्वन–६ का राज भन्ने दिलीपराजलाई मुख्य अभियुक्तको रुपमा सजाय सुनाएको थियो।

केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको थियो।

उक्त इजलासले युवती कंशाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। हेटौँडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंशाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०८:४८
  • #विन्दबासिनी–कंशाकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’?
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्