काठमाडौं– अमेरिका, कोरिया लगायतका देशमा पठाउने भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कपनका ४२ वर्षीय पवन राणा छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो।
उनीबाट सयौं व्यक्तिहरू पीडित भएको र उजुरी दिनेको संख्या बढ्दै गएकाले पीडित तथा ठगिएको रकम थप बढ्न सक्ने अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
पक्राउ परेका राणालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।