काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।
बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन्।
अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने पनि बताए। उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए।
नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको उल्लेख गरे।
नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए। उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रकृया रहेको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।