काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रमदान अभियानमा सहभागी हुन आमन्त्रण गरेका छन्। मेयर साम्पाङले चिठी लेखेर राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डलाई श्रमदान अभियानको स्थलगत अवलोकन गरिदिन आग्रह गरेका हुन्।
धरान महानगरपालिका नेपालकै नमूना उपमहानगरपालिका बन्न प्रयासरत रहेको पत्रमा उल्लेख गरिएको छ। अवसरका बाबजुद धेरै समस्या र चुनौतीहरू पनि धरानमा रही आएको रहेको उल्लेख गर्दै मेयर साम्पाङले धरानमा स्थानीयबासीहरुले दशकौँ पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको जनाएका छन्।
खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई आमन्त्रण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।