काठमाडौं– गोरखाको बालुवा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
मंगलबार साँझ ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्यूटको भूकम्प गएको हो।
२०७२ को भूकम्पपछि निरन्तर यस्ता स–साना पराकम्पहरु गइरहेका छन्। भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो ।
यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।