काठमाडौं– सरकारले शैक्षिक सत्र २०८० मा विद्यार्थी भर्नासम्बन्धी नारा तय गरेको छ। सरकारले आगामी शैक्षिक वर्षको नारा ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा, सबैको अभियान’ राखेको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा, सबैको अभियान भन्ने आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जनाएको छ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत रुपमा कार्यान्वयन गर्न स्थानीय तह र विद्यालयहरुलाई अनुरोध गरेको छ।
साथै स्वागत कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाईहरुलाई आवश्यकता अनुसार समन्वय र सहजीकरण गर्नसमेत अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।