काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा कूल खरिदको आठदेखि १० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले आठ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउनेछन्।
छुट पाउनका लागि प्रयोगकर्ताहरुले दराज एपबाट ग्लोबल आईएमई बैंकको छुट भौचर लिनुपर्नेछ। एकजनाले एक चोटी मात्र छुट पाउनेछन्। बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना मंगलबार (२८ चैत) देखि आउँदो वैशाख १ गतेसम्म मान्य रहनेछ।
यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ। बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजना ल्याउने गरेको छ।
ग्लोबल आईएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत् सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।