काठमाडौं– त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने सम्बन्धनप्राप्त क्याम्पसलाई खारेजी गर्ने चेतावनी दिएको छ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले सम्बन्धनप्राप्त क्याम्पसहरुलाई एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै उक्त चेतावनी दिएको हो।
व्यवस्थापन सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्राज्ञिक नियन्त्रणमा रही सम्बन्धन नवीकरण भएका त्रिविको वेबसाइटमा उल्लेखित क्याम्पस/कलेजहरूको विवरण प्रकाशित गरेको छ।
कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण नगरेको पाइएकोले उक्त कलेजहरूलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने? सो सम्बन्धमा कुनै मनासिव कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरूमा निवेदन दिन समेत भनिएको छ।
नवीकरण भएका क्याम्पस/कलेजहरूले नवीकरण पत्र लिएको युजर नाम र पोसवर्ड प्रयोग गरि त्रिवि विनियोजन शाखा चल्ती खातामा २ हजार बुझाएर अनलाइन रसिद लिन समेत अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।