काठमाडौं– प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच सभामुखको सरकारी निवास बालुवाटारमा छलफल जारी छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। यस्तै, एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन्।
यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी छन्।
बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक तथा शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ।
यसअघि सभामुख देवराज घिमिरेको अग्रसरतामा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको थियो। नेताहरुबीच पछिल्लो समय संक्रमणकालीन न्यायका विषयमा छलफल चल्दै आएको छ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अहिले प्रतिनिधि सभामा विचाराधीन अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।