काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठले मन्त्री बन्नका लागि घुस बुझाउन २ करोड मागेको अडियोबारे निर्णय लिन रास्वपा अनुशासन समितिको बैठक बस्दैछ। पार्टी कार्यालय बसुन्धारामा मंगलबार बिहान ११ बजे बैठक बस्ने तयारी भएको छ।
बैठकले उक्त अडिओ प्रकरण र पार्टीले लिनुपर्ने निर्णय विषयमा छलफल गर्ने तयारी छ। समानुपातिकबाट सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ सार्वजनिक भएको छ।
उक्त अडियोमा उनले सभापति रवि लामिछानेको टिमलाई उक्त रकम बुझाएर स्वास्थ्य मन्त्री बन्ने योजना बताएका छन्।
अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो। उनले सोमबार स्पष्टीकरण बुझाइसकेका छन्। सम्पादन गरेर आफ्नो जस्तो आवाज बनाउन खोजेको दाबी उक्त स्पष्टीकरणमा छ।
अनुशासन समितिले छानबिन गरी केन्द्रीय समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।