• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद् नयाँ, तर ‘शून्य समय’ लाई नसुनिएको गुनासो पुरानै
64x64
किशोर दहाल सोमबार, चैत २७, २०७९  २०:५५
1140x725

काठमाडौं- चैत २४ गतेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नका लागि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई समय दिए। सदनमा बोलिरहनेमध्येका एक सांसद ढकालले  ‘सम्माननीय सभामुख महोदय’ भन्दै सम्बोधन सुरु गरे। तर त्यसपछि २१ सेकेन्ड जति मौन बसे। त्यसपछि मात्रै उनी बोले र आफू मौन रहनुको कारण पनि खुलाए। उनको भनाइ थियो, ‘यो सरकारले हामी माननीयहरुले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ। धन्यवाद।’

प्रतिनिधि सभाको शून्य समयमा उठेका विषयलाई सरकारको तर्फबाट नसुनिएको गुनासो गर्ने ढकाल पहिला सांसद होइनन्, अन्तिम पनि होइनन्। फागुन र चैत महिनामा मात्रै झन्डै दर्जन सांसदले शून्य समयमा उठाइएका विषयको जवाफ नपाएको गुनासो गरेका छन्। फागुन १० गतेको एउटै बैठकमा तीन सांसदहरु दीपक गिरी, ईश्वरबहादुर रिजाल र कल्पना मियाँ कुसारीले यही गुनासो गरेका थिए। त्यसपछिका प्रायः बैठकमा कोही न कोही सांसदले शून्य समयलाई नसुनिएको गुनासो व्यक्त गरेकै हुन्छन्।

आज सोमबारकै प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले चार वटा बैठकपछि बोल्ने पालो आउने र सांसदहरुले अध्ययन गरेर थुप्रै विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेको तर सम्बन्धित निकायले ध्यान दिएको जस्तो आफूलाई नलाग्ने बताएका थिए। ‘संसद्मा जति पनि कुरा उठ्छ, एक मिनेट भित्रमा होस् वा तीन मिनेट भित्रमा होस्’, उनले भनेका थिए, ‘सम्बन्धित निकायको ध्यान जाओस् र हामी पनि आफ्नो क्षेत्रमा फर्किएर जाँदै गर्दा मैलेचाहिँ यो कुरा उठाएको थिएँ र यहाँ यसरी काम सुरु भएको छ भन्नेचाहिँ हामीले जवाफ दिन पाऔं।’

शून्य समयका लागि प्रतिनिधि सभाका सांसदहरुलाई चार समूहमा विभाजन गरिएको छ। शून्य समय चलेका बेला तिनै समूहभित्रका सांसदहरुले समय पाउँछन्। यसरी बोल्न इच्छुक सांसदको बोल्ने पालो पनि चौथो बैठकपछि आउने गर्छ। प्रत्येक सांसदलाई एक मिनेटको समय उपलब्ध गराउने गरिएको छ। सो समयमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, जिल्लाका समस्या उठाउने गरेका छन्। कतिपयले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय-सन्दर्भलाई पनि राख्ने गरेका छन्। 

सांसदरुको संलग्नता, तयारी र समयको कोणबाट हेर्दा सबैभन्दा छरितो माध्यम भने शून्य समयलाई नै मानिन्छ। यो समयमा सांसदरुको अभिव्यक्ति कलादेखि विषयको विविधता हेर्न र सुन्न पाइन्छ। कतिपय सांसदहरुले आफूले उठाउने विषयका सन्दर्भमा गरेको तयारी पनि झल्किन्छ। शून्य समयको यही विशेषता र प्रभावकारितालाई अघिल्ला सभामुख अग्निप्रसाद सापकोटाले संसद्को सम्पत्ति भन्ने गरेका थिए।

प्रतिनिधि सभा नियमावली २०७९ मा शून्य समय र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने नियम छ। २०७४ को नियमावलीमा यो समयावधि पाँच दिनको थियो। मन्त्रीले दुई दिन थप समय पाएका भए पनि जवाफ आउने गरेको छैन। जसका कारण प्रत्येक जसो बैठकमा सांसदहरुले शून्य समयमा बोलेको विषयको जवाफ नपाएको बताउने गरेका छन्। र तत्काल सुनुवाइ गर्न माग गर्ने गरेका छन्। तर भद्र आग्रहको बेवास्ता हुँदै गएपछि सांकेतिक विरोध हुन थालेको सांसद ढकालको प्रस्तुतिबाट बुझ्न सकिन्छ।

आफूले अहिलेसम्म १०/११ वटा मुद्दालाई सदनमा उठाएको तर कतैबाट पनि जवाफ नपाएको सांसद ढकालको अनुभूति छ। विभिन्न विषय उठाउँदा उठाउँदै आफू थाकिसकेको पनि उनले बताए। कतैबाट पनि सम्बोधन नभएपछि मौन धारण गरेको उनको भनाइ छ। ‘मेरो प्रस्तुतिलाई धेरै सांसदले ‘ठीक गर्नुभयो’ भनेर प्रतिक्रिया दिनुभएको छ’, नेपाल लाइभसँग उनले भने, ‘सरकारमा रहेकै पार्टीका सांसदहरुले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ।’

सदनमा उठेका विषय पालना नहुँदा सरकार एकतिर र सिंगो सदन एकतिर जस्तो स्थिति रहेको उनले तर्क गरे। ‘सदन कर्मकाण्डी ढंगबाट मात्रै चलिरहेको छ’, उनले भने, ‘सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ। भएन भने, हिजोको ३२/३३ वर्षको राजनीतिले नै निरन्तरता पाउँछ।’

Ncell 2
Ncell 2

शून्य समयमा बोलेका विषयको कार्यान्वयन नभएको दिग्दारीपूर्ण गुनासो अहिलेका सांसदको मात्रै होइन। अघिल्लो संसद्को कार्यकालमा पनि पटक–पटक यही गुनासो हुने गरेको थियो। जस्तो कि, २०७५ फागुन ६ गते प्रतिनिधि सभाको शून्य समयमा बोल्दै तत्कालीन नेकपाका सांसद गोपालबहादुर बमले शून्य (समय) को पूर्णांक, सुनुवाइ र उपलब्धि शून्य अवस्थामा रहेको बताएका थिए। त्यस्तै, २०७६ माघ १७ गतेको बैठकमा कांग्रेस सांसद जिपछिरिङ लामाले शून्य समयको कार्यान्वयन भएको आजसम्म आफूले नसुनेका बताएका थिए। गत असार १२ गतेको बैठकमा एमाले सांसद आशाकुमारी विकले शून्य समयमा बोल्ने विषय हटाउन वा सरकार उत्तरदायी हुन भनेकी थिइन्।

तत्कालीन सांसद बमले त नेपाल लाइभसँगको कुराकानीको क्रममा भनेका थिए, ‘मैले आफ्ना कुरा उठाउँछु। कहीँ लागू हुँदैन। कुनै पनि सुनुवाइ हुँदैन। बरु कार्यालयका खरिदार, सुब्बा र सचिव साप भनेर गयो भने उनीहरुले काम गरिदेलान्। तर संसद्मा बोलेर केही हुँदैन।’

यसैबीच प्रतिनिधि सभाको शून्य र विशेष समयमा उठेका विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले फागुन र चैतमा मात्रै दुई पटक सरकारलाई रुलिङ गरिसकेका छन्। ‘विगतका बैठकहरुदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा पनि माननीय सदस्यहरुले जनसरोकारका विविध विषयहरुमा कुरा उठाइरहनुभएको छ’, सभामुख घिमिरेले आज सोमबारको बैठकमा भनेका थिए, ‘म प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देश गर्दछु।’ यस्तै किसिमको रुलिङ उनले गत फागुन १२ मा पनि गरेका थिए। तर प्रतिफल प्राप्त हुनेमा आशंका छँदैछ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नियमावलीले गरेको व्यवस्थाको पालनामा सरकार प्रतिबद्ध भएको बताइन्। प्राविधिक कारणले मात्रै अहिलेको समस्या देखिएको भन्दै उनले अब सुनुवाइ हुने बताइन्।  ‘उपप्रधानमन्त्री र मैले आफ्नो मन्त्रालयको सन्दर्भमा आएका विषयमा हामीले बोलिरहेका छौं। सरकारका मन्त्रीहरुले पनि नियमावली अनुसार सदनमा उठेका विषयमा जवाफ दिनुपर्छ’, नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्,  ‘यसबीचको केही समय सरकार बन्ने लगायतका विषयले राजनीतिक अलि 'जिगज्याग' भयो। अब सबै मिलेको छ। अब नियमावली अनुसार जवाफ दिने हो। सरकार पारदर्शी ढंगले जानुपर्छ। सदनमा उठेका सवालमा हामी जवाफ दिन्छौं।’

सम्बन्धित सामग्रीहरुः
'शून्य समय'लाई सुन्ने कहिले?

‘शून्य समय’ को शून्य सरी सुनुवाइ

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्