• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् नयाँ, तर ‘शून्य समय’ लाई नसुनिएको गुनासो पुरानै

64x64
किशोर दहाल सोमबार, चैत २७, २०७९  २०:५५
1140x725

काठमाडौं- चैत २४ गतेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नका लागि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई समय दिए। सदनमा बोलिरहनेमध्येका एक सांसद ढकालले  ‘सम्माननीय सभामुख महोदय’ भन्दै सम्बोधन सुरु गरे। तर त्यसपछि २१ सेकेन्ड जति मौन बसे। त्यसपछि मात्रै उनी बोले र आफू मौन रहनुको कारण पनि खुलाए। उनको भनाइ थियो, ‘यो सरकारले हामी माननीयहरुले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ। धन्यवाद।’

प्रतिनिधि सभाको शून्य समयमा उठेका विषयलाई सरकारको तर्फबाट नसुनिएको गुनासो गर्ने ढकाल पहिला सांसद होइनन्, अन्तिम पनि होइनन्। फागुन र चैत महिनामा मात्रै झन्डै दर्जन सांसदले शून्य समयमा उठाइएका विषयको जवाफ नपाएको गुनासो गरेका छन्। फागुन १० गतेको एउटै बैठकमा तीन सांसदहरु दीपक गिरी, ईश्वरबहादुर रिजाल र कल्पना मियाँ कुसारीले यही गुनासो गरेका थिए। त्यसपछिका प्रायः बैठकमा कोही न कोही सांसदले शून्य समयलाई नसुनिएको गुनासो व्यक्त गरेकै हुन्छन्।

आज सोमबारकै प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले चार वटा बैठकपछि बोल्ने पालो आउने र सांसदहरुले अध्ययन गरेर थुप्रै विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेको तर सम्बन्धित निकायले ध्यान दिएको जस्तो आफूलाई नलाग्ने बताएका थिए। ‘संसद्मा जति पनि कुरा उठ्छ, एक मिनेट भित्रमा होस् वा तीन मिनेट भित्रमा होस्’, उनले भनेका थिए, ‘सम्बन्धित निकायको ध्यान जाओस् र हामी पनि आफ्नो क्षेत्रमा फर्किएर जाँदै गर्दा मैलेचाहिँ यो कुरा उठाएको थिएँ र यहाँ यसरी काम सुरु भएको छ भन्नेचाहिँ हामीले जवाफ दिन पाऔं।’

शून्य समयका लागि प्रतिनिधि सभाका सांसदहरुलाई चार समूहमा विभाजन गरिएको छ। शून्य समय चलेका बेला तिनै समूहभित्रका सांसदहरुले समय पाउँछन्। यसरी बोल्न इच्छुक सांसदको बोल्ने पालो पनि चौथो बैठकपछि आउने गर्छ। प्रत्येक सांसदलाई एक मिनेटको समय उपलब्ध गराउने गरिएको छ। सो समयमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, जिल्लाका समस्या उठाउने गरेका छन्। कतिपयले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय-सन्दर्भलाई पनि राख्ने गरेका छन्। 

सांसदरुको संलग्नता, तयारी र समयको कोणबाट हेर्दा सबैभन्दा छरितो माध्यम भने शून्य समयलाई नै मानिन्छ। यो समयमा सांसदरुको अभिव्यक्ति कलादेखि विषयको विविधता हेर्न र सुन्न पाइन्छ। कतिपय सांसदहरुले आफूले उठाउने विषयका सन्दर्भमा गरेको तयारी पनि झल्किन्छ। शून्य समयको यही विशेषता र प्रभावकारितालाई अघिल्ला सभामुख अग्निप्रसाद सापकोटाले संसद्को सम्पत्ति भन्ने गरेका थिए।

प्रतिनिधि सभा नियमावली २०७९ मा शून्य समय र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने नियम छ। २०७४ को नियमावलीमा यो समयावधि पाँच दिनको थियो। मन्त्रीले दुई दिन थप समय पाएका भए पनि जवाफ आउने गरेको छैन। जसका कारण प्रत्येक जसो बैठकमा सांसदहरुले शून्य समयमा बोलेको विषयको जवाफ नपाएको बताउने गरेका छन्। र तत्काल सुनुवाइ गर्न माग गर्ने गरेका छन्। तर भद्र आग्रहको बेवास्ता हुँदै गएपछि सांकेतिक विरोध हुन थालेको सांसद ढकालको प्रस्तुतिबाट बुझ्न सकिन्छ।

आफूले अहिलेसम्म १०/११ वटा मुद्दालाई सदनमा उठाएको तर कतैबाट पनि जवाफ नपाएको सांसद ढकालको अनुभूति छ। विभिन्न विषय उठाउँदा उठाउँदै आफू थाकिसकेको पनि उनले बताए। कतैबाट पनि सम्बोधन नभएपछि मौन धारण गरेको उनको भनाइ छ। ‘मेरो प्रस्तुतिलाई धेरै सांसदले ‘ठीक गर्नुभयो’ भनेर प्रतिक्रिया दिनुभएको छ’, नेपाल लाइभसँग उनले भने, ‘सरकारमा रहेकै पार्टीका सांसदहरुले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ।’

सदनमा उठेका विषय पालना नहुँदा सरकार एकतिर र सिंगो सदन एकतिर जस्तो स्थिति रहेको उनले तर्क गरे। ‘सदन कर्मकाण्डी ढंगबाट मात्रै चलिरहेको छ’, उनले भने, ‘सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ। भएन भने, हिजोको ३२/३३ वर्षको राजनीतिले नै निरन्तरता पाउँछ।’

Ncell 2
Ncell 2
nimb
nimb

शून्य समयमा बोलेका विषयको कार्यान्वयन नभएको दिग्दारीपूर्ण गुनासो अहिलेका सांसदको मात्रै होइन। अघिल्लो संसद्को कार्यकालमा पनि पटक–पटक यही गुनासो हुने गरेको थियो। जस्तो कि, २०७५ फागुन ६ गते प्रतिनिधि सभाको शून्य समयमा बोल्दै तत्कालीन नेकपाका सांसद गोपालबहादुर बमले शून्य (समय) को पूर्णांक, सुनुवाइ र उपलब्धि शून्य अवस्थामा रहेको बताएका थिए। त्यस्तै, २०७६ माघ १७ गतेको बैठकमा कांग्रेस सांसद जिपछिरिङ लामाले शून्य समयको कार्यान्वयन भएको आजसम्म आफूले नसुनेका बताएका थिए। गत असार १२ गतेको बैठकमा एमाले सांसद आशाकुमारी विकले शून्य समयमा बोल्ने विषय हटाउन वा सरकार उत्तरदायी हुन भनेकी थिइन्।

तत्कालीन सांसद बमले त नेपाल लाइभसँगको कुराकानीको क्रममा भनेका थिए, ‘मैले आफ्ना कुरा उठाउँछु। कहीँ लागू हुँदैन। कुनै पनि सुनुवाइ हुँदैन। बरु कार्यालयका खरिदार, सुब्बा र सचिव साप भनेर गयो भने उनीहरुले काम गरिदेलान्। तर संसद्मा बोलेर केही हुँदैन।’

यसैबीच प्रतिनिधि सभाको शून्य र विशेष समयमा उठेका विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले फागुन र चैतमा मात्रै दुई पटक सरकारलाई रुलिङ गरिसकेका छन्। ‘विगतका बैठकहरुदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा पनि माननीय सदस्यहरुले जनसरोकारका विविध विषयहरुमा कुरा उठाइरहनुभएको छ’, सभामुख घिमिरेले आज सोमबारको बैठकमा भनेका थिए, ‘म प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देश गर्दछु।’ यस्तै किसिमको रुलिङ उनले गत फागुन १२ मा पनि गरेका थिए। तर प्रतिफल प्राप्त हुनेमा आशंका छँदैछ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नियमावलीले गरेको व्यवस्थाको पालनामा सरकार प्रतिबद्ध भएको बताइन्। प्राविधिक कारणले मात्रै अहिलेको समस्या देखिएको भन्दै उनले अब सुनुवाइ हुने बताइन्।  ‘उपप्रधानमन्त्री र मैले आफ्नो मन्त्रालयको सन्दर्भमा आएका विषयमा हामीले बोलिरहेका छौं। सरकारका मन्त्रीहरुले पनि नियमावली अनुसार सदनमा उठेका विषयमा जवाफ दिनुपर्छ’, नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्,  ‘यसबीचको केही समय सरकार बन्ने लगायतका विषयले राजनीतिक अलि 'जिगज्याग' भयो। अब सबै मिलेको छ। अब नियमावली अनुसार जवाफ दिने हो। सरकार पारदर्शी ढंगले जानुपर्छ। सदनमा उठेका सवालमा हामी जवाफ दिन्छौं।’

सम्बन्धित सामग्रीहरुः
'शून्य समय'लाई सुन्ने कहिले?

‘शून्य समय’ को शून्य सरी सुनुवाइ

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्