• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दुई करोडको अडियो प्रकरणः सामाजिक सञ्जालदेखि सदनसम्म चर्को बहस

64x64
नेपाल लाइभ सोमबार, चैत २७, २०७९  २०:०७
1140x725

काठमाडौं– आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित ढाकाकुमार श्रेष्ठको दुई करोडको लेनदेनको अडिओ सार्वजनिक भयो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री रास्वपाले पाएको र आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै २ करोड माग गरेको श्रेष्ठको अडिओ बाहिरिएको थियो। 

वैकल्पिक राष्ट्रिय पार्टीको रुपमा उदाएको रास्वपाका साांसदहरु एकपछि अर्को विवादमा मुछिएसँगै सामाजिक सञ्जालमासमेत उक्त पार्टी र पार्टीका नेताप्रति अनेकौं खालमा टीकाटिप्पणी भइरहेका छन्। यसअघि सरकारमा सहभागी हुँदा पनि रास्वपाले स्वार्थ बाझिएका र विवादित मन्त्री बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। 

नागरिकता प्रकरणमा आफैं दोषी रहेका रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री, म्यानपावरसञ्चालकसमेत रहेका डोलप्रसाद अर्याललाई श्रममन्त्री, शिक्षा कन्सलटेन्सीसँग जोडिएका शिशिर खनाललाई शिक्षामन्त्री बनाएको भन्दै चर्को विरोध भएको थियो। साथै  आइतबारको अडिओ संवादले स्वास्थ्यसँग स्वार्थ बाझिनेलाई स्वास्थ्यमन्त्री बनाउन खोजेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म आलोचना भइरहेको छ।

सोमबारको संघीय संसद् (प्रतिनिधि सभा/राष्ट्रिय सभा) बैठकमा सांसदहरुले उक्त विषय उठान गरेका छन्। अधिकांश सांसदहरुले बैठकमा सांसद श्रेष्ठलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

छानबिन समिति बनाउन माग
नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले विवादास्पद अडिओ प्रकरणमा मुछिएका रास्वपा सांसद श्रेष्ठको सन्दर्भमा संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गरे। प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गुरुङले उक्त माग गरेका हुन्। 

‘त्यो वार्तामा (आडिओमा) भनिएको छ, कोर टिमलाई बुझाउनुपर्छ। त्यो कोर टिम भनेको को हो? त्यसको पनि छानबिन गर्नु पर्दैन? त्यसकारण यसको छानबिनको लागि आज यो संसद्‌भित्रको एउटा प्रतिनिधि सभाको सदस्यले गरेको वार्ताको सन्दर्भमा, भ्रष्टचारको सन्दर्भमा यो संसद् चुप लागेर बस्नु हुँदैन,’ गुरुङले भने, ‘त्यसकारण आजको यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न म माग गर्दछु।’

त्यसैगरी बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप लगाए। उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्यमन्त्री हुन मेडिकल व्यवसायीसँग २ करोड घुस मागेको अडिओ सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको बताएका हुन्। सांसद सुवालले गठबन्धनका नेताहरुले घुस काण्डका विषयमा संसद्‌मा जानकारी दिन मागसमेत गरे।

प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेलले पछिल्लो साढे दुई वर्षको अवधिमा मुलुक इतिहासमै कमजोर भएको टिप्पणी गरे। उनले हाकाहाकी ब्रमलुट गर्ने मानसिकता तयार भएको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

सांसद पोखरेलले भने, ‘हिजो मात्रै हामीले सुन्यौं,स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ। अरु अरु मालदार मन्त्रीहरुको यो गठबन्धन सरकारमा कति होला? एउटा चाहिँ एक्सपोज भयो। जसले भ्रष्ट मानसिकता समाजमा विछिप्त बनायो।’ उनले दल र दलका नेताप्रति सामाजिक रुपमै बहिस्करणको अवस्थामा पुर्‍याएको बताए। 

राष्ट्रिय सभामासमेत चर्को बहस 
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद उदयबहादुर बोहोराले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको दुई करोडको बार्गिनिङ अडिओ हाम्रो राजनीति कतातिर जाँदैछ भन्दै प्रश्न गरे।

उनले भने, ‘हिजो २६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन पनि गरिसक्यो। ७२ घण्टाभित्र छानबिन गर्ने भनेर रवि लामिछानेले आफ्नो अभिव्यक्ति दिइसके। दुर्गा प्रसाईंबाट दुई करोड स्वास्थ्यमन्त्री बन्नको लागि र त्यो स्वास्थ्यमन्त्री बने वाफत दुर्गा प्रसाईंलाई लेटर अफ इन्टेन्ट दिने। त्यो त शिक्षा मन्त्रालयले दिने हो। त्यति पनि थाहा रहेन छ विचरालाई,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले एड्वाई लिटर दिन सक्दैन।’

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चाहिएको  र अडिओलाई झुटो हो भन्ने कुरा आइरहेकाले आफूलाई त्यो कुरा झुटो हो भन्ने नलागेको उनको भनाइ छ। उनले यस प्रकरणमा सरकारले तत्काल छानबिन गर्न माग गरे।

त्यसैगरी राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनुवारले मन्त्री बन्नका लागि अनेक खालका विकृति भइरहेकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरे। राष्ट्रिय सभा बैठकमा नेकपा (एमाले) की सांसद दिलकुमारी थापा रावल (पार्वती)ले २ करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन्। उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले सांसद श्रेष्ठले घुस माग गरे/नगरेको सत्यतथ्य छानबिन गर्नुपर्ने बताइन्। 

उनले त्यस्ता घटना सत्य भए/नभएको तथ्य बाहिर ल्याउन सरकारले तत्काल समिति बनाएर छानबिन गर्नुपर्ने बताइन्। सांसद रावलले सरकारलाई संविधान र कानुन अनुसार अघि बढ्न पनि ध्यानाकर्षण गराएकी छन्। 

अडियो प्रकरणबारे रास्वपाले संसद्‌मै माग्यो माफी
रास्वपा सांसद डा ढाकाकुमार श्रेष्ठको अडिओ सार्वजनिक भएसँगै सोही पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उक्त प्रकरणबारे पार्टीका तर्फबाट प्रतिनिधि सभामा माफी मागेका छन्।

उनले अडिओ सार्वजनिक भएको घटनाले प्रतिनिधि सभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरे। अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको परियारले जानकारी गराए। 

उनले घुस मागेको अडिओ सार्वजनिक भएको घटना पहिलो पटक नभएको भन्दै विगतमा पनि यस्ता घटना भएको र सबैको सत्यतथ्य छानबिन हुन आवश्यक रहेको बताए। उनले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान आफ्नो पार्टीको प्रमुख अभियान भएको दाबी गरे।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचार विरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रलाई मान्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी संविधानवादलाई मान्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी विधि र विधानलाई मान्दछ।’

उनले भ्रष्टाचारको कुनै जाति र वर्ग नहुने स्पष्ट पारे। उनले अडि‌ओ प्रकरणलाई पार्टीले गम्भीर रुपमा लिएको बताए। आफ्ना सांसदको घटना नेपालको सन्दर्भमा पहिलो नभएको दाबी गर्दै उनले यस्ता सम्पूर्ण घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरे। 

लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएसँगै रास्वपाका सभापति रवि लामिछानेले उक्त प्रकरणमा अनुसन्धान गर्नका लागि प्रहरी प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउने उद्घोष गरेका छन्। सांसद श्रेष्ठलाई कारबाही नगरे गढीमाईमा आफू बली चढ्नका लागिसमेत तयार भएको आइतबार लामिछानेले घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा क... मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि बताए। मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा दालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाब... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्