• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चितवन- २ : मंसिर ४ को ‘माया’ बचाउने कसरतमा रवि

64x64
नेपाल लाइभ बुधबार, चैत २९, २०७९  १४:१५
1140x725

काठमाडौं- नगरिकता प्रकरणमा सर्वोच्च अदालतको एक फैसलाले पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन: सांसद बन्ने दौडमा छन्। उनी यतिबेला मत माग्दै चितवन- २ का मतदाताका घरघर पुगिरहेका छन्।

मंसिर ४ को निर्वाचनअघि मैजुदा दलहरुमाथि निर्मम प्रहार गर्दै मत मागेका लामिछाने त्यसको ५ महिनापछि हुन लागेको उपनिर्वाचनमा भने उही भाव र भङ्गीमा फरक अभिव्यक्तिका साथ मत मागिरहेका छन्। 

यो बीचमा उनी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारीमा थिए। अदालतको फैसालासँगै एकै चोटी ती पद गुमाउन पुगेका लामिछाने आफ्ना मतदातालाई आफू पुरानो सम्बन्ध ताजगी गर्न मात्र मत माग्न आएको बताइरहेका छन्। मंसिर ४ को माया वैशाख १० गते पनि पाउनेमा विश्वस्त रहेको उनी बताउँछन्। 

मंसिर ४ अघि प्रमुख दलहरु सत्ता र भ्रष्टाचारको दलदलमा रहेकोले तिनीहरुसँग ‘घाँटी’ नजोड्ने धारणा सहितको बलले निर्वाचित भएका लामिछाने तिनै दलहरुसँग सत्ताको खेलदौडमा लाग्दा भने सत्ता र वर्तमान वातावरणलाई फरक किसिमले ब्याख्या गर्छन्। 

नागरिकता प्रकरणमा आफ्नो गल्तीलाई खास कमजोरी नठान्ने उनी जनताको मतलाई खोट लगाउने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गर्छन्। 

‘परिबन्दले, परिस्थितिले कहाँ पुर्याोयो, तपाईंहरुले देख्नुभएको छ। मैले हिजो यहीँ उभिएर वाचा गरेको थिएँ, तपाईंहरुको लागि काम गर्ने भनेर। महिलाका लागि, पछाडि परेकाहरुको लागि काम गर्छु भनेको थिएँ। तर समय र परिस्थितिले कुन अवस्थामा गुज्रिएको छु, तपाईंहरुले सबै देख्नुभएको छ। म आफ्नो तर्फबाट भएको त्रुटिलाई सुधार्न सकौँला तर तपाईंले दिनुभएको भोटमा कुनै पनि खोट छैन,’ जनता सामु मत माग्दै लामिछाने भन्छन्, ‘म त्यो भाग्मानी छोरो हुँ, जसलाई चितवनकी आमाले आफैंले जन्माएको छोरालाई भन्दा बढी माया गर्नुभएको छ। म त्यो भाग्यमानी छोरो हुँ, जसका लागि आफ्नो जिन्दगीमा भएका दशा टरुन् भनेर आमाहरुले भाकल गर्नुभएको छ।’ 

रवि भन्छन्, ‘तपाईंहरुले हिजो गरिसक्नुभएको मायालाई फेरि वैशाख १० गते हामीले माया गरेकै हो भनेर छाप लगाउनुपर्ने भयो। र, भन्नुपर्ने भयो, यो भाइको यो छोराको, नातिको, भतिजको प्रक्रियामा त्रुटि छ होला तर हाम्रो भोटमा कुनै त्रुटि छैन। यसको काम प्रक्रियामा केही त्रुटि होला, खोट होला तर हाम्रो भोटमा खोट छैन। अब यसलाई चोट नदेऊ भनेर तपाईंले वैशाख १० मा भन्दिनु पर्यो।’

आफ्नो पार्टी र आफूलाई घेराबन्दीमा पार्न लागिएको भन्दै जनतालाई त्यो चिर्न सहयोग गर्न अपिल गर्छन् लामिछाने। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई विरोधीको घेराबन्दीमा पार्ने काम भइरहेको छ। हिजो तपाईंहरुले हुर्काएको फूललाई चिमोट्ने, चुँड्ने र फाल्ने काम भइरेहको छ। यो काम तपाईंहरुले देख्नुभएको छ। घरमा बसेर तपाईंहरुका आँखा रसाएका छन्। मेरो पनि आँखा नरासाएको हैन। तर भन्दैआएको छु, तपाईंको आँखाको त्यो आँसुलाई आँखाको डिलबाट खस्न नदिनु होला। किनभने, अहिले खस्यो भने दु:खको आँसु हुन्छ, वैशाख १० पछि खस्यो भने त्यो खुसीको आँसु हुन्छ,’ मत माग्दै लामिछाने भन्छन्।  

यस्तै, आफू केही समय सरकारमा रहँदा जनताको पक्षमा काम गरेको भन्दै पुन: मत दिन लामिछाने आग्रह गर्छन्। 
‘भोट जितेर त जो पनि जान सक्छ तर म भन्न सक्छु, म मन जितेर गएको थिएँ। मैले वाचा गरेको थिँए, महिलाको लागि काम गर्छु। मैले उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा पहिलो निर्णय गरेँ, छोरी निर्मला पन्तको बलात्कारीलाई कारबाही गर्छु भनेर,’ उनको दाबी छ, ‘त्यहाँ कमिसन खान पाइने फाइल थिए। तर त्यस्ता फाइलहरुमा आँखा लगाएको छैन।’ 
 
कस्तो छ, चितवन- २ को इतिहास
मंसिर ४ गते भएको निर्वाचनमा पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा भाग लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन- २ बाट उम्मेदवार बने। उनी उम्मेदवार मात्र बनेनन्, एमालेको पकड क्षेत्र मानिएको क्षेत्रबाट एमाले र कांग्रेसका उम्मेदवारलाई हराउँदै भारी मतसहित निर्वाचित भए। 

एमालेका तत्कालीन सांसद कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ठूलो मतान्तरसहित पराजित गर्दै रवि प्रतिनिधि सभामा भित्रिए। चितवन- २ बाट ३४ हजारको मतान्तरले जित हात पारेका उनी एमालेसँगको गठबन्धन बनाउँदै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बने। 

गृहमन्त्री भएका उनीविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा सर्वोच्च अदालतमा रिट दायर भयो। उनलाई विदेशी नागरिकता हुँदाहुँदै नेपाली नागरिकता लिएको र नेपाली नागरिकता लिँदा पूरा गर्नुपर्ने प्रक्रिया पालना नगरेको आरोप लागेको थियो। उक्त रिटमा संवैधानिक इजलासले फागुन २३ गते फैसला सुनाउँदै रवि नेपाली नागरिक नभएको ठहर गर्यो  । योसँगै उनको सांसद पद गयो। उक्त क्षेत्र रिक्त भयो। 

को-को छन्, प्रतिस्पर्धी
 उक्त क्षेत्रमा लामिछानेलाई रोक्न नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई अघि सारेको छ। उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समेत साथ दिएका छन्।

त्यस्तै, नेकपा एमालेले यस पटक पोखरेललाई पछि हटाउँदै रामप्रसाद न्यौपानेलाई अघि सारेको छ। उनी अघिल्लो पटक चितवन- ३ मा उम्मेदवार हुन चाहेका थिए। तर पार्टीले उम्मेदवारी फिर्ता लिएर राप्रपालाई समर्थन गर्ने निर्णय गरेपछि उनी पछि हटेका थिए। अन्तिम समयमा पछि हटेका न्यौपाने यस पटक क्षेत्र नम्बर २ मा उम्मेदवार भएका छन्।

एमालेको बलियो संगठन भएकोले आफूले यस पटक जित्ने उनको दाबी छ। यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। मनोनयन दर्ता गर्दै तीनै जना उम्मेदवारहरूले आफूले जित्ने दाबी गरे पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

के भन्छन् प्रतिस्पर्धी
कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले चितवनबासीको सेवाका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे।  चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले चितवन- २ का मतदाताले स्थानीय उम्मेदवार र सुख-दुःखको साथी भएकाले आफूलाई निर्वाचित गराउने बताए। 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पनि आफूले जित हात पार्ने दाबी गरे। उनले यस पटक चितवनका जनताले सबै कुरा बुझेको भन्दै संगठनको बल र जनताको मतबाट आफू निर्वाचित हुने बताए।

के छ अंकगणित 
गत मंसिरको मत हेर्दा चितवन-२ मा रास्वपा नै हावी देखिन्छ। प्रत्यक्षतर्फ लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएर जित हात पारेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९१ मत पाएका थिए। एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत पाएका थिए। 

समानुपातिकको मत हेर्दा पनि रास्वपा अगाडि देखिन्छ। समानुपातिक मतमा रास्वपाले ३५ हजार ९ सय ४५ मत पाएको थियो। 

एमालेले १६ हजार ७ सय ८४  मत पाएको थियो भने कांग्रेसले १२ हजार १ सय ३२ मत प्राप्त गरेको थियो। 

त्यस्तै, माओवादी केन्द्र ८ हजार ४ सय ७, राप्रपा ३ हजार २ सय १८ र एकीकृत समाजवादी पार्टीले ६१६ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका?
सम्बन्धित सामग्री
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको छ। केही स्थानमा भने व... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? दोहामा छोटो समयको बसाइपछि प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्