काठमाडौं- सदनका विभिन्न समयमा उठेका प्रश्नहरुको जवाफ दिन सरकारलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन्। सोमबारको बैठकमा उनले त्यस किसिमको रुलिङ गरेका हुन्।
‘विगतका बैठकहरुदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा पनि माननीय सदस्यहरुले जनसरोकारका विविध विषयहरुमा कुरा उठाइरहनुभएको छ’, सभामुख घिमिरेले भने, ‘म प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देश गर्दछु।’
प्रतिनिधि सभा नियमावली २०७९ मा शून्य समय र विशेष समयमा उठ्ने प्रश्नको सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने प्रावधान छ। यसअघि त्यस्तो समयावधि पाँच दिनको थियो। तर सांसदहरुले जवाफ नआएको गुनासो गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।