काठमाडौं– नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस क्षेत्रको जनजीवनसमेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कुटनीतिक पहल गर्न सरकारसँग माग गरे। नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाइ थियो।
उनले भने, ‘नेपाल सरकारले यसलाई गम्भिरतापूर्वक ध्यान लिनु जरुरी छ। र उच्च प्राथमिकताका साथ, महत्त्वका साथ, गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कुटनीतिक पहल होस्। र यि नाकाहरु सञ्चालनमा आउन्। ताकि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस्। केही अंशमा भए पनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।