काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्ने बताए। उनले माओवादी जनयुद्धकालीन केही नेताहरू नेकपा एमालेमा रहेका र उनीहरू माओवादीमा फर्किन सकारात्मक रहेको पनि बताए। उनले कम्युनिस्टहरूमा व्यवहार र सिद्धान्त बिर्सिने रोग रहेको जिकिर गरे।
उपाध्यक्ष महराले पूर्वमाओवादीहरूबीच सके पार्टी एकता र नसके कार्यगत एकता हुनुपर्ने कुरामा आफूले जोड दिइरहेको बताए। उनले समाजवादी मोर्चा बनाउने आफ्नो उद्देश्य सफल हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।