काठमाडौं– राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या कटौति गर्नुपर्ने प्रस्ताव राखेका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले २७५ जनाको प्रतिनिधिस भालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० बनाउनुपर्ने बताएका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क छ।
‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको संख्या धेरै भयो, ठूलो भयो। यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सवलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन’, उनले भने, ‘र, १६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौंमा जुन १० वटा निर्वाचन क्षेत्र छ। त्यो चाहिँ धेरै भयो। र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।