काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सुशासन र भ्रष्टाचार विरुद्धको अभियान आफ्नो पार्टीको प्रमुख अजेण्डा भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद परियारले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको लेनदेन अडियो प्रकरण बाहिर आएपछि छानबिनका लागि पार्टीले उनलाई निलम्बन गरेको बताए। परियारले श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसमेत मागेको बताएका छन्।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचार विरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रलाई मान्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी संविधानवादलाई मान्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी विधि र विधानलाई मान्दछ।’
उनले भ्रष्टाचारको कुनै जाति र वर्ग नहुने स्पष्ट पारे। उनले अडियो प्रकरणलाई गम्भीर रुपमा लिएको दाबी गरे। उनले आफ्नो सांसदको घटना नेपालको सन्दर्भमा पहिलो नभएको बताउँदै यस्ता सम्पूर्ण घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।