काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्जय कुमार गौतमले मध्यवर्ति क्षेत्रका जनताको नि:शुल्क बीमा गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले जंगली वन्यजन्तुले आक्रमण गरेर त्यस क्षेत्रका जनताहरू मारमा परेको भन्दै उक्त माग गरेका हुन्।
यो क्षेत्रमा राष्ट्रिय निकुन्जहरू पर्ने भएकोले उक्त क्षेत्रका जनता वन्यजन्तुको मारमा पर्ने गरेका छन्।
‘सरकारसँग देशभरिकै मध्यवर्ति क्षेत्रका जनताको न्यूनतम २५ लाख बराबरको जीवन बीमा, घर गोठ, चौपाया, कृषि बाली नोक्सानीको बीमा नि:शुल्क गर्नलाई जोडदार माग गर्छु,’ सांसद गौतमले भेन, ‘सरकारले विशेष राहतको कार्यक्रम ल्याउन माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।