काठमाडौं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बागदरबार र सिंहदरबारबीच टकराव देखिएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले भने, ‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ। काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर नउठाउने भनेको छ।’
सांसद थापाले एउटा स्थानीय तहको निर्वाचित जनप्रतिनिधिले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा प्रभावित गर्दै आफ्नो माग सुनाउने शैली ठिक वा बेठिक बहसको विषय भएको बताए।
प्रधानमन्त्रीले कुनै बिलम्व नगरी काठमाडौं महानगरपालिकासँग छलफल गरियोस् उनले भने, ‘संवाद गरियोस्। जुनजुन विषय अहिले सल्टाउन सकिन्छ, सल्टाइयोस्।’
उनले महानगरका जायज माग पूरा गर्न आग्रह गर्दै उनले काठमाडौंका जनप्रतिनिधिहरुलाई समेत छलफलमा समावेश सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।