काठमाडौं- बीबीसीले आफ्नो मुख्य ट्विटर ह्यान्डलमा ‘सरकारी अनुदान प्राप्त’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ। @BBC ह्यान्डलमा उक्त लेबल दिइएको हो। त्यसलाई सकेसम्म चाँडो सच्चाउन बीबीसीले ट्विटरलाई भनेको छ।
‘बीबीसी स्वतन्त्र छ, र सधैं रहँदै आएको छ। हामीलाई बेलायती जनताले लाइसेन्सका रुपमा आर्थिक सहयोग गर्छन्’, बीबीसीले भनेको छ।
एलोन मस्कले पनि बीबीसी कम पक्षपाती मिडिया आउटलेटहरूमध्ये एक ठानेको बताएका छन्।
‘सबै संस्था (मिडिया)हरू पूर्वाग्रही छन्। म बीबीसी समाचारलाई ट्विटरमा फलो गर्छु, किनकि मलाई लाग्छ कि यो कम पक्षपाती मध्ये एक हो’, उनेका भनेका छन्।
अन्य मिडिया आउटलेटहरूमा यही निमय लागू हुन्छ कि हुँदैन भनेर समेत स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ।
आफ्नो पहिलेका टिप्पणीहरू स्पष्ट गर्न खोज्दै एउटा छुट्टै इमेलमा, मस्कले बीबीसीलाई भनेका छन्, ‘हामी अधिकतम पारदर्शिता र शुद्धताको लक्ष्यमा छौं। स्वामित्व र कोषको स्रोतसँग लिंक गर्नु सम्भव छ। मलाई लाग्छ कि मिडिया संगठनहरू आत्म-सजग हुनुपर्छ र झूटा दाबी गर्नु हुँदैन। कुनै पूर्वाग्रह राखेको छैन।’
@BBC मा २.२ मिलिनय फलोअरहरू छन्, त्यहाँ सरकारी अनुदान प्राप्त भनेर लेबल दिइएको छ। बीबीसीका समाचार र खेललगायत ह्यान्डिलसँग सम्बन्धितमा त्यस्तो उल्लेख छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।