• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

समिट अपार्टमेन्ट निर्माणमा विनोद चौधरीको बदमासी : भवन निर्माण मापदण्ड नै परिवर्तन तर पास गरेनन् नक्सा र ईआईए

64x64
नेपाल लाइभ आइतबार, चैत २६, २०७९  १९:०४
1140x725

काठमाडौं- समिट अपार्टमेन्ट गैरकानुनी रुपमा निर्माणका लागि व्यवसायी एवं सांसद विनोद चौधरीले एकवर्ष अघिदेखि नै चलखेल गरेको पाइएको छ।

चौधरीले तत्कालीन समयमा सहरी विकास मन्त्रालयलाई प्रभावमा लिएर ‘वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२’ संशोधन गराएको पाइएको हो।

हालै निर्माणका क्रममा अपार्टमेन्ट वरपरका वस्ती भत्किएपछि उनले गरेका थप बदमासीसमेत सार्वजनिक भएका छन्। उक्त अपार्टमेन्ट निर्माणका लागि सांसद चौधरीले नक्सासमेत पास नगरेको पाइएको छ भने बागमती प्रदेशबाट अनिवार्य रुपमा लिनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेको खुलेको छ।

सुरु गर्नुअघि नै नीति संशोधन
पूर्वमन्त्री रविभक्त श्रेष्ठ, सांसद विनोद चौधरीलगायतको लगानीमा निर्माणाधीन उक्त अपार्टमेन्टका लागि सुरु गर्नुअघिदेखि नै नीति नियम संशोधनमा चलखेल थालिएको थियो।

सहरी विकास मन्त्रालयले २०७२ सालको भूकम्पपछि सरकारले सुरक्षित भवन निर्माण, सहर तथा वस्ती विकासका लागि ‘वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२’ बनाएको थियो।

उक्त मापदण्डका केही बुँदा संशोधन गर्दै मुख्यगरी अधिकतम भुइँ क्षेत्रको अनुपात र भवनको उचाई अनुसार संधियारतर्फको न्यूनतम सेटब्याकलाई आफ्नो अनुकूल बनाइएको थियो। मापदण्डको बुँदा १३ को उपबुँदा १३.७ मा रहेको न्यूनतम सेटब्याक र बुँदा १३ को उपबुँदा १२ मा रहेका यी व्यवस्थालाई उनीहरुको प्रभावमा मन्त्रालयले संशोधन गरेको थियो।

उक्त मापदण्ड संशोधनको समयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार थियो भने सहरी विकास मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीले सम्हालेकी थिइन्।

काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा भवन निर्माणसम्बन्धी नयाँ व्यवस्था गर्दै सरकारले भुइँ क्षेत्रफल अनुपात (फ्लोर एरिया रेसियो - फार) बारे नयाँ व्यवस्था गर्दै मापदण्डमा संशोधन गरेको थियो। फारको अर्थ सम्पूर्ण भवनको क्षेत्रफल र भवन बनेको जग्गाबीचको अनुपात हो। मापदण्ड संशोधन हुनुअघि स्थानीय निकायको परिषद्ले आफ्नो क्षेत्राधिकारभित्र मापदण्ड स्वीकृत गरि लागू गर्दा तोकिएको प्राविधिक समितिको सिफारिसमा 'फार' कायम गर्न सक्ने व्यवस्था थियो।

Ncell 2
Ncell 2
nimb
nimb

'फार र सेटब्याक' घटाएका कारण थोरै जग्गामा अग्ला भवन बनाएका वा बनाउन खोजेका दुवैलाई लाभ पुग्ने उक्त मन्त्रालय अन्तर्गतकै एक निकायका अधिकारीले बताएका थिए। उनले पहिलेको मापदण्डको व्यवस्था र अहिलेकोबीच तुलना गर्दै प्रष्ट पारे, ‘पहिले सय मिटरसम्म उचाइको भवनका लागि २५ मिटर सेटब्याक चाहिन्थ्यो भने अहिले १३ मिटर छाड्दा पुग्ने भयो।’

त्यस्तै, नेपाल सरकारको स्वीकृत प्राप्त गरी मापदण्ड लागू गरिरहेका स्थानीय निकाय तथा विकास प्राधिकरणले सोही मापदण्डअनुसार 'फार' कायम गर्न पाउने व्यवस्था थियो। तर, हाल यो व्यवस्थालाई संशोधन गर्दै मापदण्डमै भुइँ क्षेत्रफल अनुपात (फार) तोकिएको छ।

मापदण्ड संशोधन भएपछि उक्त विषयमा नेपाल लाइभले समाचार प्रकाशन गरेको थियो। संसदकाे विकास समितिले समेत चासो दिएर सहरी विकास मन्त्रालयलाई सचेत गराउँदै प्रधानमन्त्री कार्यालयलाई समेत निर्देशन दिएको थियो। विकास समितिले उपत्यका केन्द्रित भएर मापदण्ड संशोधन गरिनुको अर्थ निश्चित व्यक्तिहरुलाई फाइदा पुग्ने काम भएकोसमेत निष्कर्ष निकालेको थियो।

समितिकी तत्कालीन सभापति कल्याणी खड्काले निर्देशन दिँदै भनेकी थिइन्, ‘यस्ता मापदण्डहरु प्राकृतिक प्रकोपबाट जोगिने, वातावरणमैत्री आवास र वस्ती निर्माणको दृष्टिबाट नागरिकहरुलाई सुरक्षित राख्नुपर्छ। हिमाल, पहाड र तराईको भौगोलिक अनुकूलता हेरी सम्बद्ध विज्ञहरु, योजनाकार, सरोकारवालाहरुसमेतको राय र सुझावको आधारमा निर्माण गर्न सरकार, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन गर्दछ।’

सहरी विकास मन्त्रालयले मापदण्डका केही बुँदाहरुमा हेरफेर गर्दै गरेको यो संशोधनमा विकास समितिमा रहेका अन्य सांसदहरुले पनि आपत्ति जनाएका थिए। सीमित व्यक्तिहरुको स्वार्थमा संशोधन भएको कुरासमेत समितिको बैठकमा उठाइएका थिए। नेपाललाइभले गत साउनमै नेपाली कांग्रेसका सांसद चौधरीको कम्पनीलगायतले उक्त चलखेल गरेको उल्लेख गरेको थियो।

न नक्सा पास,  न भयो ईआईए
अपार्टमेन्ट निर्माण थाल्दासम्म त्यसअघि अनिवार्य रुपमा चाहिने नक्सा पास र वातावरण प्रभाव मूल्यांकन (ईआईए) दुवै नगरेको पाइएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नक्सा पास नगराएको जानकारी दिए। उनले भने, ‘यो विषयमा कहिँ पनि नक्सा पास छैन। किन पास नभएको, यसबारे हामीलाई थाहा छैन। यो नक्सा पास सहरी विकासबाट हुन्छ। नक्सा पास गरिसकेपछि १५ दिनको संज्ञा पत्र दिइन्छ। उक्त पत्र लिएर उहाँहरु महानगरमा आउनुपर्ने तर उहाँहरु आउनु भएन।’

मेयर महर्जनले निर्माण पक्षले कानुनहरु उलंघन गरेको उल्लेख गर्दै दोषी रहेको बताए। उनले कारबाहीसमेत गर्ने दाबी गरेका छन्। आइतबार उक्त क्षेत्रमा अवलोकन गर्न पुगेका मेयर महर्जनले भने, ‘नक्सा पास नगरी निर्माण थालनी गरेको छ। म उहाँहरुलाई विधिसम्मत कारबाही गर्छु।’

२० रोपनी जमिनमा रहेको उक्त निर्माणाधीन अपार्टमेन्ट सांसद बिनोद चौधरी र रविभक्त श्रेष्ठको लगानीमा बन्न लागेको हो। उक्त अपार्टमेन्टको जग खन्ने कामको थालनी ३ महिना अघिदेखि भएको स्थानीयहरु बताउँछन्। स्थानीयले मेयर महर्जनलाई प्रश्न गरे, ‘हामीले दुई तला घर बनाउँदा वडाबाट नक्सा पास गरेर मात्र डिजाइन गर्नुपर्छ। अपार्टमेन्ट बनाउँदा पाइलिङ गर्न चाहिँ चाहिँदैन? स्वीकृति नलिई पाइलिङ गर्न मिल्छ?’

यसैगरी ईआईए पास नभएको बागमती प्रदेश, वन तथा वातावरण मन्‍त्रालयका सचिव यज्ञनाथ दाहालले बताएका छन्। उनले नेपाल लाइभसँग भने,  ‘वातावरणीय प्रभाव मूल्यांकनका लागि उहाँहरुले निवेदन पेश गर्नुभएको छ। मन्त्रालयले त्यसमा अध्ययन गरिरहेको छ। पास भइसकेको छैन।’

उक्त विवादबारे चौधरी समूहले अहिलेसम्म सार्वजनिक रुपमा केही बताएको छैन।  

यो पनि पढ्नुहोस

‘भवन निर्माण मापदण्ड’ मा झाँक्रीको बचाउ : किन र कसका लागि घटाइयो 'फार' र 'सेटब्याक' ?

यो पनि पढ्नुहोस

भवन निर्माणसम्बन्धी संशोधित मापदण्ड किन तानिँदैछ विवादमा?

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना
सम्बन्धित सामग्री
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहँदा पार्टीभित्रको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली, बैठक सञ्चा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्