• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

भवन निर्माणसम्बन्धी संशोधित मापदण्ड किन तानिँदैछ विवादमा?

64x64
नेपाल लाइभ बुधबार, साउन ४, २०७९  २०:०३
1140x725
फाइल तस्बिर

काठमाडौं– मंगलबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले भवन निर्माण मापदण्ड संशोधनमाथि गम्भीर छलफल गर्दै केही निर्देशन दियो।

सहरी विकास मन्त्रालयले २०७२ सालको भूकम्पपछि सरकारले सुरक्षित भवन निर्माण, सहर तथा वस्ती विकासका लागि बनाएको ‘वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२’ संशोधन गरेको थियो।

समितिमा यस्ता मापदण्ड बनाउँदा नागरिकहरुलाई सुरक्षित राख्ने उद्देश्यमा केन्द्रित हुन्छ कि हुँदैनन् भनि सांसदहरुले प्रश्न उठाएका थिए। 

सहरी विकास मन्त्रालयले मापदण्डका केही बुँदाहरुमा हेरफेर गर्दै गरेको यो संशोधनमा विकास समितिमा सांसदहरुले भने आपत्ति जनाएका थिए। समितिले २०७२ मा बनेको उक्त मापदण्ड सीमित व्यक्तिहरुको स्वार्थमा संशोधन भएको आरोप लगाएसँगै संशोधित मापदण्ड विवादमा तानिएको छ। 

हाल संशोधित मापदण्डमा मुख्यगरी अधिकतम भुइँ क्षेत्रको अनुपात र भवनको उचाई अनुसार संधियारतर्फको न्यूनतम सेटब्याकलाई संशोधन गरिएको छ। बुँदा १३ को उपबुँदा १३.७ मा रहेको न्यूनतम सेटब्याक र बुँदा १३ को उपबुँदा १२ मा रहेका यी व्यवस्थालाई मन्त्रालयले संशोधन गरेको छ।

संशोधित विषयलाई लिएर विकास समितिले भने मापदण्डलाई थप संकुचित बनाउँदै मापदण्डलाई यस्तो बनाइएको आरोप लगाइरहेको छ।

सरकारले हाल संशोधन गरेको मापदण्डमा मिश्रित आवासीय भवनलाई प्रोत्साहन हुने किसिमको मापदण्ड बनाइएको छ। काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा भवन निर्माणसम्बन्धी नयाँ व्यवस्था गर्दै सरकारले भुइँ अनुपात (फार)लाई नयाँ व्यवस्था गर्दै मापदण्डमा संशोधन गरेको छ।

फारको अर्थ सम्पूर्ण भवनको क्षेत्रफल र भवन बनेको जग्गाबीचको अनुपात हो। मापदण्ड संशोधन हुनुअघि स्थानीय निकायको परिषद्ले आफ्नो क्षेत्राधिकारभित्र मापदण्ड स्वीकृत गरि लागू गर्दा तोकिएको प्राविधिक समितिको सिफारिसमा फार कायम गर्न सक्ने व्यवस्था थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, नेपाल सरकारको स्वीकृत प्राप्त गरी मापदण्ड लागू गरिरहेका स्थानीय निकाय तथा विकास प्राधिकरणले सोही मापदण्डअनुसार फार कायम गर्न पाउने व्यवस्था थियो।

तर, हाल यो व्यवस्थालाई संशोधन गर्दै मापदण्डमै भुइँ क्षेत्रको अनुपात (फार)लाई तोकिएको छ। संशोधित मापदण्डअनुसार काठमाडौं उपत्यकामा व्यापारिक तथा सभा सम्मेलन भवनका लागि ३.५ गुणा भुइँ क्षेत्रको अनुपात कायम गर्नुपर्ने व्यवस्था भएको छ। त्यस्तै, आवासीय भवनका लागि ४.०, मिश्रित आवासीय भवनका लागि ४.५ र संस्थागत भवनका लागि २.५ गुणा फार तोकिएको छ।

यसको अर्थ काठमाडौं उपत्यकामा अब बन्ने विभिन्न किसिमका भवनहरु भवन रहेको जग्गाभन्दा तोकिएको अनुपातअनुसार बढी हुन पाउनेछन्।

संशोधित मापदण्डमा पहाडी क्षेत्रमा व्यापारिक तथा सभा सम्मेलन भवनका लागि ३.५, आवासीय भवनका लागि ३.५, मिश्रित आवासीय भवनका लागि ४.० र संस्थागत भवनका लागि २.५ गुणा फार तोकिएको छ। त्यस्तै, तराई क्षेत्रमा व्यापारिक तथा सभा सम्मेलन भवनका लागि ३.०, आवासीय भवनका लागि ३.०, मिश्रित आवासीय भवनका लागि ३.० र संस्थागत भवनका लागि २.५ गुणा फार तोकिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, संशोधनमा न्यूनतम सेटब्याकमा १० मिटरसम्मको उचाईका सार्वजनिक भवनका लागि १.५ मिटर र संयुक्त वा अन्य भवनका लागि १.५ मिटर सेटब्याक तोकिएको छ। 

त्यस्तै, १० मिटरदेखि १७ मिटरसम्मको सार्वजनिक भवनका लागि ३.० मिटर र संयुक्त वा अन्य भवनका लागि २.०, १७ देखि २४ मिटर अग्ला भवनका लागि ४.० मिटर र संयुक्त वा अन्य भवनका लागि ३.० मिटर, २४ मिटरदेखि ३१ मिटर अग्ला सार्वजनिक भवनका लागि ५.० मिटर र संयुक्त वा अन्य भवनका लागि ४.० मिटर, ३१ मिटरदेखि ३८ मिटर अग्ला सार्वजनिक भवनका लागि ६.० मिटर र संयुक्त वा अन्य भवनका लागि ५.० मिटर सेटब्याक तोकिएको छ।

त्यस्तै, ३८ मिटरदेखि ४५ मिटरसम्म सार्वजनिक भवनका लागि ७.० र संयुक्त वा अन्य भवनका लागि ७.० मिटर, ५२ मिटरदेखि ५९ मिटर अग्ला सार्वजनिक भवनका लागि ९.० मिटर र संयुक्त वा अन्य भवनका लागि ८.० मिटर, ५९ मिटरदेखि ६६ मिटर अग्ला सार्वजनिक भवनका लागि १०.० मिटर र संयुक्त वा अन्य भवनका लागि ९.० मिटर, ६६ मिटरदेखि ८० मिटर अग्ला सार्वजनिक भवनका लागि ११.० मिटर र संयुक्त वा अन्य भवनका लागि १०.० मिटर सेटब्याक तोकिएको छ।

८० मिटरदेखि ९४ मिटर अग्ला सार्वजनिक भवनका लागि १२.० मिटर र संयुक्त वा अन्य भवनका लागि ११.० मिटर र ९४ मिटरदेखि १०० मिटरसम्मका सार्वजनिक भवनका लागि १३.० मिटर र संयुक्त वा अन्य भवनका लागि १२.० मिटर सेटब्याक तोकिएको छ।

किन विवादित बन्दैछ संशोधित मापदण्ड?
काठमाडौं उपत्यकामा धेरै गुणा फार तोकिनुले यहाँ रहेको सीमित जग्गाजमिनमा घर निर्माण गर्दा पनि क्षेत्रफलका हिसाबले ठूलो भवन निर्माण गर्न सकियोस् भन्ने कुरालाई ध्यानमा राखिएको मन्त्रालयले जनाएको छ। 

तर, विकास समितिले भने उपत्यका केन्द्रित भएर यसरी मापदण्ड संशोधन गरिनुको अर्थ निश्चित व्यक्तिहरुलाई फाइदा पुग्ने काम भएको बताएको छ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट नागरिकको जीवन सुरक्षा गर्नका लागि विज्ञहरुको राय, सुझावको आधारमा मापदण्ड तय गर्न सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशनसमेत दिएको छ।

समितिकी सभापति कल्याणी खड्काले २०७२ सालको भूकम्पपछि सरकारले बनाएको मापदण्डका प्रावधानहरुलाई संकुचित बनाएर २०७८ सालमा सरकारले त्यसलाई पुनः संशोधन गरेको बताएकी छिन्। उनकाअनुसार संशोधनले मापदण्डका प्रावधानहरुलाई थप साँघुरो र संकुचित बनाएको छ।

समितिले प्रदेश र स्थानीय तहमा भवन निर्माणसम्बन्धी एकीकृत मापदण्ड बनाई कार्यान्वयन गर्नेगरी आवश्यक निर्देशन दिन सहरी मन्त्रालयलाई सचेत गराएको छ। प्रदेश सरकार र स्थानीय तहले भवन निर्माण सम्बन्धी फरक–फरक मापदण्ड अपनाइरहेको बेला ती सबैमा एकरुपता ल्याई सुरक्षित र वातावरणीय दृष्टिकोेणले उपयुक्त भवन निर्माण हुने मापदण्ड ल्याउन मन्त्रालयलाई निर्देशन गरिएको खड्काले बताएकी छिन्। 

उनले भनेकी छिन्, ‘यस्ता मापदण्डहरु प्राकृतिक प्रकोपबाट जोगिने, वातावरणमैत्री आवास र बस्ती निर्माणको दृष्टिबाट नागरिकहरुलाई सुरक्षित राख्नु पर्छ। हिमाल, पहाड र तराईको भौगोलिक अनुकूलता हेरी सम्बद्ध विज्ञहरु, योजनाकार, सरोकारवालाहरुसमेतको राय र सुझावको आधारमा निर्माण गर्न सरकार, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन गर्दछ।’

के भन्छ मन्त्रालय 
यो मापदण्ड संशोधनको बारेमा मन्त्रालयले अहिले अध्ययनमै रहेको भन्दै प्रतिक्रिया दिन चाहेन। मन्त्री मेटमणि चौधरी सम्पर्कमा आउनै चाहेनन्। तर, अनौपचारिक कुराकानीमा मन्त्रालयका एक अधिकारीले केही हाउजिङ कम्पनीहरुको मापदण्ड नपुग्ने भएकाले उनीहरुलाई वैधानिकता दिन ल्याइएको हुनसक्ने बताए।

मन्त्रालयले हाउजिङ र भवन निर्माण सम्बन्धमा थप छानबिन र अध्ययन गर्न एक समिति निर्माण गरेर काम थालेको छ। पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको समयमा यो मापदण्ड परिर्वतन भएको थियो।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्