• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

भवन निर्माणसम्बन्धी संशोधित मापदण्ड किन तानिँदैछ विवादमा?

64x64
नेपाल लाइभ बुधबार, साउन ४, २०७९  २०:०३
1140x725
फाइल तस्बिर

काठमाडौं– मंगलबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले भवन निर्माण मापदण्ड संशोधनमाथि गम्भीर छलफल गर्दै केही निर्देशन दियो।

सहरी विकास मन्त्रालयले २०७२ सालको भूकम्पपछि सरकारले सुरक्षित भवन निर्माण, सहर तथा वस्ती विकासका लागि बनाएको ‘वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२’ संशोधन गरेको थियो।

समितिमा यस्ता मापदण्ड बनाउँदा नागरिकहरुलाई सुरक्षित राख्ने उद्देश्यमा केन्द्रित हुन्छ कि हुँदैनन् भनि सांसदहरुले प्रश्न उठाएका थिए। 

सहरी विकास मन्त्रालयले मापदण्डका केही बुँदाहरुमा हेरफेर गर्दै गरेको यो संशोधनमा विकास समितिमा सांसदहरुले भने आपत्ति जनाएका थिए। समितिले २०७२ मा बनेको उक्त मापदण्ड सीमित व्यक्तिहरुको स्वार्थमा संशोधन भएको आरोप लगाएसँगै संशोधित मापदण्ड विवादमा तानिएको छ। 

हाल संशोधित मापदण्डमा मुख्यगरी अधिकतम भुइँ क्षेत्रको अनुपात र भवनको उचाई अनुसार संधियारतर्फको न्यूनतम सेटब्याकलाई संशोधन गरिएको छ। बुँदा १३ को उपबुँदा १३.७ मा रहेको न्यूनतम सेटब्याक र बुँदा १३ को उपबुँदा १२ मा रहेका यी व्यवस्थालाई मन्त्रालयले संशोधन गरेको छ।

संशोधित विषयलाई लिएर विकास समितिले भने मापदण्डलाई थप संकुचित बनाउँदै मापदण्डलाई यस्तो बनाइएको आरोप लगाइरहेको छ।

सरकारले हाल संशोधन गरेको मापदण्डमा मिश्रित आवासीय भवनलाई प्रोत्साहन हुने किसिमको मापदण्ड बनाइएको छ। काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा भवन निर्माणसम्बन्धी नयाँ व्यवस्था गर्दै सरकारले भुइँ अनुपात (फार)लाई नयाँ व्यवस्था गर्दै मापदण्डमा संशोधन गरेको छ।

फारको अर्थ सम्पूर्ण भवनको क्षेत्रफल र भवन बनेको जग्गाबीचको अनुपात हो। मापदण्ड संशोधन हुनुअघि स्थानीय निकायको परिषद्ले आफ्नो क्षेत्राधिकारभित्र मापदण्ड स्वीकृत गरि लागू गर्दा तोकिएको प्राविधिक समितिको सिफारिसमा फार कायम गर्न सक्ने व्यवस्था थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, नेपाल सरकारको स्वीकृत प्राप्त गरी मापदण्ड लागू गरिरहेका स्थानीय निकाय तथा विकास प्राधिकरणले सोही मापदण्डअनुसार फार कायम गर्न पाउने व्यवस्था थियो।

तर, हाल यो व्यवस्थालाई संशोधन गर्दै मापदण्डमै भुइँ क्षेत्रको अनुपात (फार)लाई तोकिएको छ। संशोधित मापदण्डअनुसार काठमाडौं उपत्यकामा व्यापारिक तथा सभा सम्मेलन भवनका लागि ३.५ गुणा भुइँ क्षेत्रको अनुपात कायम गर्नुपर्ने व्यवस्था भएको छ। त्यस्तै, आवासीय भवनका लागि ४.०, मिश्रित आवासीय भवनका लागि ४.५ र संस्थागत भवनका लागि २.५ गुणा फार तोकिएको छ।

यसको अर्थ काठमाडौं उपत्यकामा अब बन्ने विभिन्न किसिमका भवनहरु भवन रहेको जग्गाभन्दा तोकिएको अनुपातअनुसार बढी हुन पाउनेछन्।

संशोधित मापदण्डमा पहाडी क्षेत्रमा व्यापारिक तथा सभा सम्मेलन भवनका लागि ३.५, आवासीय भवनका लागि ३.५, मिश्रित आवासीय भवनका लागि ४.० र संस्थागत भवनका लागि २.५ गुणा फार तोकिएको छ। त्यस्तै, तराई क्षेत्रमा व्यापारिक तथा सभा सम्मेलन भवनका लागि ३.०, आवासीय भवनका लागि ३.०, मिश्रित आवासीय भवनका लागि ३.० र संस्थागत भवनका लागि २.५ गुणा फार तोकिएको छ।

त्यस्तै, संशोधनमा न्यूनतम सेटब्याकमा १० मिटरसम्मको उचाईका सार्वजनिक भवनका लागि १.५ मिटर र संयुक्त वा अन्य भवनका लागि १.५ मिटर सेटब्याक तोकिएको छ। 

त्यस्तै, १० मिटरदेखि १७ मिटरसम्मको सार्वजनिक भवनका लागि ३.० मिटर र संयुक्त वा अन्य भवनका लागि २.०, १७ देखि २४ मिटर अग्ला भवनका लागि ४.० मिटर र संयुक्त वा अन्य भवनका लागि ३.० मिटर, २४ मिटरदेखि ३१ मिटर अग्ला सार्वजनिक भवनका लागि ५.० मिटर र संयुक्त वा अन्य भवनका लागि ४.० मिटर, ३१ मिटरदेखि ३८ मिटर अग्ला सार्वजनिक भवनका लागि ६.० मिटर र संयुक्त वा अन्य भवनका लागि ५.० मिटर सेटब्याक तोकिएको छ।

त्यस्तै, ३८ मिटरदेखि ४५ मिटरसम्म सार्वजनिक भवनका लागि ७.० र संयुक्त वा अन्य भवनका लागि ७.० मिटर, ५२ मिटरदेखि ५९ मिटर अग्ला सार्वजनिक भवनका लागि ९.० मिटर र संयुक्त वा अन्य भवनका लागि ८.० मिटर, ५९ मिटरदेखि ६६ मिटर अग्ला सार्वजनिक भवनका लागि १०.० मिटर र संयुक्त वा अन्य भवनका लागि ९.० मिटर, ६६ मिटरदेखि ८० मिटर अग्ला सार्वजनिक भवनका लागि ११.० मिटर र संयुक्त वा अन्य भवनका लागि १०.० मिटर सेटब्याक तोकिएको छ।

८० मिटरदेखि ९४ मिटर अग्ला सार्वजनिक भवनका लागि १२.० मिटर र संयुक्त वा अन्य भवनका लागि ११.० मिटर र ९४ मिटरदेखि १०० मिटरसम्मका सार्वजनिक भवनका लागि १३.० मिटर र संयुक्त वा अन्य भवनका लागि १२.० मिटर सेटब्याक तोकिएको छ।

किन विवादित बन्दैछ संशोधित मापदण्ड?
काठमाडौं उपत्यकामा धेरै गुणा फार तोकिनुले यहाँ रहेको सीमित जग्गाजमिनमा घर निर्माण गर्दा पनि क्षेत्रफलका हिसाबले ठूलो भवन निर्माण गर्न सकियोस् भन्ने कुरालाई ध्यानमा राखिएको मन्त्रालयले जनाएको छ। 

तर, विकास समितिले भने उपत्यका केन्द्रित भएर यसरी मापदण्ड संशोधन गरिनुको अर्थ निश्चित व्यक्तिहरुलाई फाइदा पुग्ने काम भएको बताएको छ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट नागरिकको जीवन सुरक्षा गर्नका लागि विज्ञहरुको राय, सुझावको आधारमा मापदण्ड तय गर्न सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशनसमेत दिएको छ।

समितिकी सभापति कल्याणी खड्काले २०७२ सालको भूकम्पपछि सरकारले बनाएको मापदण्डका प्रावधानहरुलाई संकुचित बनाएर २०७८ सालमा सरकारले त्यसलाई पुनः संशोधन गरेको बताएकी छिन्। उनकाअनुसार संशोधनले मापदण्डका प्रावधानहरुलाई थप साँघुरो र संकुचित बनाएको छ।

समितिले प्रदेश र स्थानीय तहमा भवन निर्माणसम्बन्धी एकीकृत मापदण्ड बनाई कार्यान्वयन गर्नेगरी आवश्यक निर्देशन दिन सहरी मन्त्रालयलाई सचेत गराएको छ। प्रदेश सरकार र स्थानीय तहले भवन निर्माण सम्बन्धी फरक–फरक मापदण्ड अपनाइरहेको बेला ती सबैमा एकरुपता ल्याई सुरक्षित र वातावरणीय दृष्टिकोेणले उपयुक्त भवन निर्माण हुने मापदण्ड ल्याउन मन्त्रालयलाई निर्देशन गरिएको खड्काले बताएकी छिन्। 

उनले भनेकी छिन्, ‘यस्ता मापदण्डहरु प्राकृतिक प्रकोपबाट जोगिने, वातावरणमैत्री आवास र बस्ती निर्माणको दृष्टिबाट नागरिकहरुलाई सुरक्षित राख्नु पर्छ। हिमाल, पहाड र तराईको भौगोलिक अनुकूलता हेरी सम्बद्ध विज्ञहरु, योजनाकार, सरोकारवालाहरुसमेतको राय र सुझावको आधारमा निर्माण गर्न सरकार, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन गर्दछ।’

के भन्छ मन्त्रालय 
यो मापदण्ड संशोधनको बारेमा मन्त्रालयले अहिले अध्ययनमै रहेको भन्दै प्रतिक्रिया दिन चाहेन। मन्त्री मेटमणि चौधरी सम्पर्कमा आउनै चाहेनन्। तर, अनौपचारिक कुराकानीमा मन्त्रालयका एक अधिकारीले केही हाउजिङ कम्पनीहरुको मापदण्ड नपुग्ने भएकाले उनीहरुलाई वैधानिकता दिन ल्याइएको हुनसक्ने बताए।

मन्त्रालयले हाउजिङ र भवन निर्माण सम्बन्धमा थप छानबिन र अध्ययन गर्न एक समिति निर्माण गरेर काम थालेको छ। पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको समयमा यो मापदण्ड परिर्वतन भएको थियो।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
‘बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा’
सम्बन्धित सामग्री
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन् । केही पुल पूर्णरूपम... मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ? बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सात वटा... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ बिहीबार, भदौ १८, २०८३
‘बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा’ बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्