काठमाडौं– श्रम संस्कृति पार्टीले आफ्नो संगठनात्मक संरचनाअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ।
पार्टीको कोशी प्रदेश समितिका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा जारी पत्रमार्फत यस्तो व्यवस्था कार्यान्वयन गर्न मातहतका सबै तहलाई निर्देशन दिइएको हो।
निर्देशनअनुसार १ नम्बर प्रदेश अन्तर्गतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोलस्तरसम्मका कार्यक्रमहरूमा प्रयोग हुने ब्यानर, प्रचार सामग्री तथा अन्य दृश्य सामग्रीमा पार्टी अध्यक्षको तस्बिर समावेश गर्नुपर्ने उल्लेख गरिएको छ।
पत्रमा अध्यक्षलाई “श्रम पिता” का रूपमा उल्लेख गर्दै संगठनात्मक गतिविधिमा उनको तस्बिरलाई अनिवार्य तत्त्वका रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था स्पष्ट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।