• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

‘भवन निर्माण मापदण्ड’ मा झाँक्रीको बचाउ : किन र कसका लागि घटाइयो 'फार' र 'सेटब्याक' ?

64x64
नेपाल लाइभ सोमबार, साउन २३, २०७९  २१:३०
1140x725

काठमाडौं- बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड गत जेठ १६ गते संशोधन भयो। उक्त संशोधनका विषयमा संसद्को विकास समितिले प्रश्न उठाएको छ भने वर्तमान सहरी विकासमन्त्री मेटमणि चौधरीले पुरानै अवस्थामा फर्काउने बताएका छन्।

मापदण्ड खुकुलो बनाउने तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भने त्यसको बचाउ गरेकी छिन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै उनले 'महानगरको कानुनअनुकूल'  बनाउन खोजेको बताइन्। 'त्यो भन्दापछि रिल्याक्सेसन (खुकुलो) दिएर महानगरले कानुन बनाइसक्यो। संघीय कानुन एकातिर छ,' झाँक्रीले भनिन्।

निश्चित व्यक्तिलाई लाभ हुने भएकाले उक्त मापदण्ड सच्याइएको भन्दै प्रश्न उठिरहेको समयमा उनले बचाउ गरेकी हुन्। पहिलेको मापदण्डमा रहेको 'फ्लोर एरिया रेसियो (फार)' र न्यूनतम सेटब्याक (सँधियारतर्फ खाली जग्गा) घटाइएको हो। 

फार र सेटब्याक घटाएका कारण थोरै जग्गामा अग्ला भवन बनाएका वा बनाउन खोजेका दुवैलाई लाभ पुग्ने देखिन्छ। सहरी विकास मन्त्रालयअन्तर्गतकै एक निकायका अधिकारीले पहिलेको मापदण्डको व्यवस्था र अहिलेकोबीच तुलना गर्दै प्रष्ट पारे,  'पहिले सय मिटरसम्म उचाइको भवन (सार्वजनिक) का लागि २५ मिटर सेटब्याक चाहिन्थ्यो भने अहिले १३ मिटर छाड्दा पुग्ने भयो।'

यसैगरी फारमा पहिले उचाइको २५ प्रतिशत खाली छाड्नुपर्थ्यो। अहिले जतिसुकै अग्लो बनाए पनि ५ मिटर छाड्दा पुग्ने भएको छ। यो विषयलाई महानगरका मेयरहरुको सम्मेलनमा आफूले उठाएको भौतिक पूर्वाधार विज्ञ सूर्यराज आचार्य बताउँछन्। उनी भन्छन्, 'महानगरको मेयर सम्मेलनमा यस विषयमा १० मिनेट छलफल भयो। उहाँहरुलाई संघीय मन्त्रालयले गरेको यस्तो निर्णयबाट तपाईंहरु क्षणिक रुपमा खुसी हुनुहोला। ६ तले घर बनाउने १० बनाउन पाउँदा खुसी हुनुहोला। तर बाटाघाटा  र अन्य पूर्वाधारको व्यवस्था नभएको अवस्थामा यो मापदण्ड खुकुलो बनाउनु भनेको आफ्‍नै खुट्टामा बन्चरो हान्नु हो भनेको थिएँ।' 

कसका लागि घटाइयो?
अग्ला (हाइराइज) भवन व्यक्तिगत प्रयोजनका लागि बन्दैनन्।  निश्चित जग्गामा अग्ला भवन बनाएर व्यवसाय गर्नेहरुप्रति केन्द्रीत देखिन्छ। विशेषगरी मापदण्ड पूरा गर्न नसकेका भवन र अपार्टमेन्टहरु यसबाट लाभान्वित हुने देखिन्छन्। बन्ने तयारीमा रहेका केही भवनहरुले समेत मन्त्रालयको यो निर्णयबाट फाइदा लिने देखिएको छ। 

तत्कालीन सहरी विकासमन्त्री झाँक्रीले एउटा उदाहरण दिइन्,  'सिंहदरबार अगाडिको बसेरा होटेलकै कुरा गर्दा सहरी विकास अन्तर्गतको त्यो मापदण्ड पूरा गर्दैन। महानगरअन्तर्गत पूरा गरेको छ।' स्वास्थ्य क्षेत्रको खरिद व्यवसायमा समेत रहेका उक्त होटेलका सञ्चालक राजनीतिक रुपमा प्रभावशाली व्यक्ति हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

२०७२ सालमा भूकम्प आयो। त्यही सेरोफेरोमा निर्माण भएको यो मापदण्डले तत्कालीन परिस्थितिलाई समेत केन्द्रमा राखेर फार तथा सेटब्याकको मापदण्ड बनायो। उक्त मन्त्रालयअन्तर्गतकै एक कर्मचारी भन्छन्, 'फार र सेटब्याकमा ख्याल नभएका ठाउँमा अग्लो भवनमा राखिएका सामान होचो घरमा झरेर क्षति भयो। त्यसलाई समेत ख्याल गरिएको हो।' 

नेपाली कांग्रेसका सांसद विनोद चौधरीको कम्पनीले ललितपुरको समिट होटेल भत्काएर त्यहाँ अपार्टमेन्ट बनाउने तयारी गरिरहेको छ। यही सेरोफेरोमा मापदण्ड संशोधन भएकाले यतातिर समेत आशंका गरिएको छ। २०७२ मा यो मापदण्ड आएपछि 'रोकिएका' अन्य हाइराइजिङ भवन पनि मापदण्ड खुकुलो बनेको समयको लाभ लिने तयारीमा रहेको बुझिएको छ।   

अन्य धेरै यस्तै 'हाइराइजिङ भवन' छन्, जसले सहरी विकास मन्त्रालयको यो मापदण्ड पूरा गर्न नसकेका कारण समस्या भोगेका छन्। विशेषगरी अपार्टमेन्ट हस्तान्तरण गर्न निर्माण कम्पनीलाई सकस परिरहेको छ। तिनीहरु यसबाट लाभावान्वित हुनेछन्। 

दीर्घकालीन असर पुर्‍याउने यस्तो कानुन संशोधन सुटुक्क हुनु घातक रहेको पूर्वाधार विज्ञ आचार्य बताउँछन्। 'म यस्ता विषयमा सूचना राख्ने नै व्यक्ति हुँ। गृहकार्य नगरी हचुवाका भरमा यो संशोधन भयो। हामीले समेत पास भएपछि थाहा पायौं। यसमा सरोकारवाला राखेर व्यापक बहस हुनुपर्थ्यो।'

काठमाडौं महानगरले २०७६ सालमा 'काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड २०७५' ल्याएको छ। जहाँ यसअघि नै केही खुकुलो बनाइसकिएकाे छ। महानगरको मापदण्ड अनुसार पुरानो सहरी क्षेत्रमा अधिकतम ७ तल्ला र उचाइ ६५ फिटसम्मका लागि फारको नियम नलाग्ने बनाइएको छ। त्यस्तै मिश्रित पुरानो बसोबास क्षेत्र भनेर अधिकतम ७ तला र उचाइ ७५ फिटमा फारको नियम लाग्नैछैन। 

आफ्नो भनाइ राख्ने क्रममा झाँक्रीले विद्युत प्राधिकरणको नयाँ बन्न लागेको भवनले पनि सहरी विकासको पहिलेको मापदण्ड पूरा गर्न नसक्ने बताइन्। त्यसका लागि  र अरु यस्तै सरकारी भवनका लागि पनि मापदण्ड नै संशोधन गर्नुपरेको उनको भनाइ छ। तर, यस्ता सरकारी भवनका लागि विशेष प्रस्ताव पास गर्न सकिने व्यवस्था रहेको सोही मन्त्रालयका अधिकारीको धारणा छ। 

फार र सेटब्याकमा कडाइ किन?
सरकारले भवन निर्माणका लागि यी मापदण्डका साथै भवन निर्माण संहिता बनाएको छ। यी कानुनहरुको एउटै उद्देश्य सुरक्षित आवास हो। त्यो भवनमा बस्नेहरुको मात्रै होइन, नजिक रहेका अन्य होचा घर र बाटोको प्रयोग गर्नेहरुको सुरक्षाका लागि पनि हो। 

उदाहरणका लागि कुनै दुर्घटनाका कारण घर भत्क्यो वा घरकै छतमा राखिने ट्यांकी वा गमला खस्यो भने नजिकै रहेको अर्को घर वा बाटोतर्फ खस्दा अरुलाई हानी पुग्छ। त्यही घरको खाली क्षेत्रमा खसोस् भन्ने मान्यताका लागि कम्तिमा ४:१ अर्थात् २५ प्रतिशत एरिया छाड्नुपर्ने मापदण्डमा उल्लेख थियो। 

सहरभित्र अग्ला भवन निरुत्साहित गर्नुको अर्को मानवीय पाटो छ। गुरुयोजनाविनै निर्माण हुने अग्ला भवनले सहरको जनजीवन अस्तव्यस्त बनाउँछ।

झाँक्रीले 'अग्ला भवनका सस्ता फ्ल्याट' को परिकल्पनासमेत पत्रकार सम्मेलनमा सुनाइन्।

त्यसका लागि सरकारले गुरुयोजना बनाउनुपर्छ। त्यसअन्तर्गत पानी, बाटो, ढल आदिको कुरा पर्छ। काठमाडौंको कुरा गर्दा वर्तमान पूर्वाधारले अहिलेको जनसंख्या नै थेग्न मुस्किल रहेको पूर्वाधारविज्ञ आचार्य बताउँछन्। त्यसैले यही अवस्थामा अग्ला भवन निर्माणमा प्रेरित गर्न नहुने उनको भनाइ छ।

'सहरी सुन्दरता, विकास र जनघनत्वका हिसाबले लेखाजोखाविना मल र पाँचतारे होटेल बनाउन दिएका छौं,'  उनी भन्छन्, 'संसारकै बाटोलाई कम ठाउँ छोडिएको सिटीमध्ये काठमाडौं पर्छ। युरोपमा एक चौथाइ बाटोका लागि छुट्याइन्छ। तर काठमाडौंमा ५ प्रतिशत होला। चौडा बाटो, खुला पार्क र पूर्वाधारको योजनाबद्ध विकासले मात्रै जनघनत्व धान्छ।'

काठमाडौंका मुख्य बस्तीमा अहिले प्रतिहेक्टर १ हजारभन्दा बढी जनसंख्या रहेको अनुमान गरिन्छ। त्यसकारण बाटोमा जाम हुने, ढल बिग्रिरहने र पानी अभावकाे समस्या छ। यसैमा हाइराइज (अग्ला) भवन बने। तर अन्य पूर्वाधारको अवस्था अहिलेकै रह्यो भने बस्नलायक नहुने आचार्यकाे भनाइ छ। उनी भन्छन्, 'अग्ला भवन बनाउने योजना ल्याउनुअघि त्योअनुसार सडक फराकिला बनाउने, पानीको व्यवस्थापन गर्ने आदि गर्नुपर्छ।'

यसबाहेक अग्ला भवनहरुमा कुनै दुर्घटना हुँदा सहजै उद्धार गर्ने सुरक्षा व्यवस्था पनि यस्ता मापदण्डका मुख्य अंश हुन्। तर, अहिले यी सबै कुरालाई बेवास्ता गरेर निश्चित व्यक्तिको प्रभावमा कानुन बन्ने तथा संशोधन हुने भइरहेको सरोकारवालाहरु बताउँछन्। 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन तानिए सिराहाका सिडिओ पौडेल ?
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
किन तानिए सिराहाका सिडिओ पौडेल ? आइतबार, असोज ४, २०८३
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू आइतबार, असोज ४, २०८३
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह आइतबार, असोज ४, २०८३
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्