• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘मुक्ति’को घोषणापछि पनि भोकभोकै दिन काट्छन् हरवाचरवा

64x64
समर्पण श्री आइतबार, चैत २६, २०७९  १०:३९
1140x725

लहान–नाम : हरि राम

उमेर : ४४

घर....?

‘घर त कहाँ हुनु र हजुर ? लहान–१७ मा बस्छु। त्यो ऐलानी जग्गामा,’ हातमा पम्प्लेट बोकेर जुलुसमा हिँडेका हरिराम भन्छन्। 

हरि राम ‘हरवाचरवा’ हुन्। उनका  हजुरबा र बा पनि ‘हरवाचरवा’ थिए। ऐलानी जग्गामा बाँस र परालले छाएको सानो टहरो थियो। अहिले पनि त्यस्तै टहरो छ। दिनभर हड्डी खियाउने गरी जमिन्दारको घर/खेतमा काम गर्नुपर्थ्यो। त्यसको बदलामा जमिन्दारले धान दिन्थे। 

त्यति धानले कहाँ भरिनु परिवारको पेट?

Haruwa_Charuwa_21681015882.jpg

गत श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘हरवाचरवा मुक्ति’को घोषणा गर्‍यो। हरिले गाउँलेकै मुखबाट सुने, ‘हरवाचरवालाई सरकारले मुक्त गरेछ।’

nimb
nimb
Ncell 2
Ncell 2

हरि राम ट्वाल्ल परे। उनलाई थाहा छैन, ‘मुक्ति कस्तो हुन्छ?’ त्यसपछि त गिरहत(जमिन्दार)को ढोका पनि उनका लागि बन्द।

एकदिन घरमा एक गेडा अन्न थिएन। परिवार भोकै थियो। हरि रामले भोको पेटमा गएर जमिन्दारसँग याचना गरे, ‘ए हजुर हेर्नु न, नानीहरू भोकै मर्छन्। ५० किलो धान दिनू न। म काम गरिदिन्छु।’ 

‘छैन छैन, तिमीहरू हरवाचरवाबाट मुक्त भयौ। किन दिने?’ गिरहरतले कठोर जवाफ फर्काए। घोषणा भएको सुनेदेखि उनले धेरै थरि सुन्नुपरेको छ। 

अब त न कसैले चामल पत्याउँछन्, न कसैले ऋण!

गत श्रावणयता उनको परिवाले थुप्रै रात भोको बिताएको छ। ‘म त भोको बस्न सकुँला। पोतापोती छन्, उनीहरूलाई भोको राख्दा मन कति दुख्छ?’ हरि राम आफ्नो पीडा बोल्छन्।

गिरहतले खेतबारीमा काम नदिएपछि उनी अर्को गाउँमा पुग्छन्। उसैगरी बिन्ती बिसाउँछन्। अर्को गाउँको जमिन्दारले आडम्बर भरिएको लवजमा भन्छन्, ‘तिमी याँसम्म आइपुग्यौ?’

उनले उसैगरी याचना माग्छन्, ‘भोकै भयौँ हजुर!’

त्यसपछि दया गरिदिएझैं भावमा भन्छन्, ‘चार किलो चामल दिन्छु। तर दिनभर काम गर्नुपर्छ।’

चार किलो चामलका लागि उनी जमिन्दारको खेतमा दिनभर जोतिन्छन्।

हरिले सानेदेखि गिरहतको काम गरे। सानोमा बाख्रा चराउँदा चराउँदै उनको स्कुल जाने उमेर छुट्यो। त्यसपछि त बाँकी जीवनकै खेतबारीमा पसिना बगाउँदै बित्यो। 

बिघौंबिघा जमिन भएको जमिन्दारले पाइला राख्ने जमिनधरि दिएनन्। 

हरिका २ छोरा र एक छोरी छन्। गरिबीकै कारण छोराहरूले पढ्न पाएनन्। छोरी सानैदेखि मामाघर बसिन्। १० कक्षासम्म पढिन्। त्यसपछि छोरीको विवाह गरिदिए।

उनीहरूले बास कटाउने छाप्रोले हुरी आउँदा होस् वा बतास चल्दा। उतिसारो भर दिँदैन। हरि राम भन्छन्, ‘मौका लाग्छ भने हिँड्नुस् घर, हेर्नुस्। कस्तो छ देख्नुहुन्छ हजुरहरूले।’

अहिले हरि रामले आफ्नो अधिकारबारे थाहा पाएका छन्। सरकारले घोषणा गरेर आफ्नो दुःखमा ‘कानमा तेल हालेर बसेको’ छ भन्ने थाहा पाएका छन्।

सदियौँदेखिका दुःख सहेका हरि रामलाई यतिबेला चर्को घामले छोएको छैन। ५ दिनको अधिकार यात्राबाट फर्कँदा उनी न्याय लिएर फर्कन चाहन्छन्।

                         ०००

शनिबार राजविराजबाट हरवाचरवाहरू एकसाथ पैदल हिँडे। ठाउँठाउँमा कोणसभा गर्दै उनीहरू लहान आइपुगे। यो अधिकार यात्रामा उनीहरू सरकारसँग न्यायको याचना गरिरहेका थिए।

‘बाँच्नै गाह्रो छ सर, दिनभरि डुलेर पनि कुनै गिरहतले काम दिँदैन। सरकारले घोषणा गर्‍यो। हामीलाई सीप र जमिन दिएन,’ हरवाचरवा राष्ट्रिय अधिकार मञ्च धनुषाका अध्यक्ष राजदेव विनले भने, ‘आधा महिना त रोजिरोटी हुन्न। अलि अलि गरेर सन्चित गरेकोले पुग्दैन, कति दिन भोको बस्नुपरेको छ।’

राजदेवको परिवारमा ३ छोरा, श्रीमती र बुहारी र ५ नातिनातिना छन्। ३ पुस्तादेखि गिरहत बसेको उनको परिवारसँग आफ्नो जमिन छैन। ऐलानी जग्गामा टहारो छ।  ‘गिरहतले १० केजी धान दिएर दिनभरि काम गर्न लगाउँथ्यो। त्यति धान न खान पुग्थ्यो न बेच्न,’ उनी सुनाउँछन्।

Haruwa_Charuwa_51681015883.jpg

४ वर्षअघि उनकी श्रीमती पेटको बिमार भइन्। उपचारको लागि गाउँभरि उनले १० हजार ऋण खोजे। तर कसैले पत्याएनन्। पछि कुन संस्थाले हो, चन्दा उठाएर श्रीमतीको उपचार गराइदियो। त्यसयता श्रीमती निको छिन्।

राजदेवले छोरालाई बल्ल बल्ल ऋण काढेर साउदी पठाएका थिए। तर, छोरा यतिबेला साउदीको दलदलमा फसिहेका छन्। ‘फोनमा बुबा मलाई फसाइयो भन्छ। काम गरेको कम्पनीले पैसा दिँदैन, ऋण तिर्न पनि पैसा छैन हामीसँग,’ राजदेव दुःखसो पोख्छन्।   

सप्तरी सुरुङ्गा नगरपालिकाकी असलामदेवी सदा ५० वर्ष नाघिन्। हिजो हरवाचरवाको सम्मेलनमा उनी हतारिँदै आइपुगेकी थिइन्। कार्यक्रममा नगरप्रमखु गीताकुमारी चौधरी पनि आइपुगेकी थिइन्। उनी चनाखो भएर प्रमुखका कुरा सुन्दै थिइन्। ‘अहिले त गर्छु भन्छन्, घर गएपछि हाम्रा दुःख बिर्सन्छन्,’ असलामदेवीले खिन्न मन पार्दै भनिन्।

असलामदेवी नेपाली बुझ्छिन्, तर फर्काउन जान्दिनन्। असलामदवीजस्तै धेरै हरवाचरवा नेपाली बोल्दैनन्। उनीहरू मैथली मात्र बोल्छन्। असलामदेवीका कुरा लहानका पत्रकार मणिलाल विश्वकर्माले अनुवाद गरिदिए।

‘मेरो श्रीमान् फागु सदाले ५ वटा मालिककहाँ काम गरिसक्नुभयो। तर पनि दुःख घटेको छैन,’ उनले आफ्नो भाषामा भनिन्, ‘उहाँ ५८ वर्ष पुग्नुभयो। कमजोर हुनुभइसक्यो। उमेर घर्कियो, अब उहाँ जोत्न सक्नुहुन्न। परिवारमा कमाउने मान्छे छैन।’

असलामदेवीहरू बस्दै आएको जग्गा काठमााडौंमा बसोबास गर्दै आएका एक कर्णेल परिवारको रहेछ। कर्णेलले त्यहाँ उद्योग खोल्नका लागि पटक–पटक जमिनबाट हट्न धम्की दिँदै आएका रहेछन्। पहिला पहिला कर्णेलले धान लिएर जाने रहेछन्। पछि त्यो जग्गामा उद्योग खोल्न भन्दै कर्मचारीलाई निकाला गर्न पठाएछन्। ‘तर हामीले प्रतिवाद गर्यौँ। अब थाहा छेन कहिले आउने हुन्,’ असलामदेवीले भनिन्।

कन्चनरुप–१२का २० वर्षीय रुपेश सदा कक्षा ११ मा पढ्छन्। उनका बाले जेनतेन गरेर उनीहरूलाई पढाए। बा लागेन्द्र सदा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव हुन्। ‘बुबा यो आन्दोलनमा लागेपछि अहिले जमिन्दारले दुःख दिन छाडे। नत्र काममा नजाँदा घरमै आएर हप्कीदप्की गर्थे,’ रुपेश भन्छन्।

Haruwa_Charuwa_61681015884.jpg

रुपेश सानो हुँदा जमिन्दारको बस्तु चराउँथे। ९ वर्षको हुँदा पहिलोपटक स्कुल टेके। उनीहरू स्कुल टेकेको जमिन्दारहरूले रुचाउँदैन थिए। तैपनि बुबा लाजेन्द्रको छोराछोरीलाई पढाउने ठूलो सपना थियो। 

उनको गाउँमा हरवाचरवा कसरी शोषित भइरहेका छन्, अहिले बुझेका छन् रुपेशले। ‘खान नपुगेर साहुकोमा गएर ऋण लियो। त्यसको सट्टामा काम लगाउने, नजाँदा कुटपिट गर्ने गर्थे,’ रुपेश भन्छन्।

स्कुल पढ्दा २ दिनसम्म भोको स्कुल जानुपरेका थुप्रै स्मरणहरु छन् रुपेशसँग। यो केही वर्ष अगाडिको कुरा मात्र हो। ‘घरमा खाना पाकेको हुन्थेन। भोकै स्कुल गएँ। फर्केर आउँदा पनि खाना थिएन। धेरैपटक यस्तो भएको थियो,’ रुपेशले सुनाए। 

यस्तै अवस्था गाउँमा अझै पनि धेरै हरवाचरवाको छ। रुपेश यो मुक्तिको लागि अहिले आन्दोलनमा हिँडिरहेका छन्।

०००

२ साउनमा तत्कालीन प्रधानमन्त्री तत्कालीन शेरबहादुर देउवाले नेपालमा बधुवा श्रम प्रथाका रुपमा अझै पनि विद्यामान रहेको हरवाचरवा प्रथा मुक्ति भएको घोषणा गरे। त्यतिबेला दर्जन बढी सांसद, मन्त्री र सरोकारवालाहरू कार्यक्रममा सहभागी थिए।

तर, उनीहरूको मुक्ति घोषणा भएको ९ महिनासम्म पनि कागजमै सीमित छ। न उनीहरूले जमिन पाए, न चामल। न रोजगार पाए न पक्की बास।

Haruwa_Charuwa_41681015883.jpg

‘मुक्त घोषणा भएपछि एकातिर हरवाचरवालाई आम भूमिहीन सुकुम्बासीका रुपमा परिभाषित गर्ने, हरवाचरवा छँदै छैन भन्न, उनीहरू बस्दै आएको जमिनबाट विकासको बहानामा विस्थापित गर्ने कार्य भइरहेका छ,’अधिकार यात्राको विज्ञप्तिमा लेखिएको छ।

हरवाचरवा मुक्तिको घोषणालाई व्यवहारमा लागू गर्न नेपाल सरकारका तर्फबाट कमैया श्रमिकका पुनःस्थापना मस्यौदा कार्यविधि र बाध्यकारी श्रमसम्बन्धी विधेयक, २०७९को मस्यौदा निर्माण भइ समर्थनको लागि अर्थ तथा कानुन मन्त्रालयमा पठाइएको थियो। तर अर्थ मन्त्रालयबाट आर्थिक अभावका कारण देखाउँदै फिर्ता पठाएको राष्ट्रिय हरवाचरवा मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले बताए। 

Haruwa_Charuwa_31681015883.jpg

मधेसका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतट, बारा र पर्सा) मा करिब १ लाख भन्दा बढी हरवाचरवाहरू छन्। ८ हजारभन्दा बढी हरवाचरवा शनिबारबाट सुरु भएको अधिकार यात्रामा सहभागी छन्। राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मन्डलले गरिरहेका छन्। 

राजविराजदेखि शम्भुनाथ, कदमाह चोक, लहान, बस्तीपुर, सकुवानानकरकट्टी, गोलबजार, बरियारपट्टी, औरही, सिराहा, गणेशमान चारनाथ, शहिदनगरहुँदै यात्रा २८ गते जनकपुरमा पुगिने टुंगिनेछ। त्यस्तै विरगंजबाट हिँड्ने टोली पनि बहुदरमाइ, जीतपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रहमपुरी, जलेवरहुँदै अन्तिम दिन जनकपुर नै पुग्नेछ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्