काठमाडौं– एयर डाइनास्टीको हेलिकप्टर ह्याम्स अस्पतालमा दुर्घटना भएको छ। धुम्बाराहीस्थित उक्त अस्पतालबाट उडान गर्ने क्रममा अस्पतालको हेलिप्याडमै हेलिकप्टर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार उक्त हेलिकप्टर बिरामी ल्याउनका लागि भरतपुर जान लागेको थियो। उड्ने क्रममा नै हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा हेलिकप्टरको पुच्छरमा क्षति पुगेको छ भने पंखा उछिट्टिएको छ। यस्तै दुर्घटनामा कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।