काठमाडौं– नयाँ बानेश्वरमा फेरि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ती व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार आत्मदाहको प्रयास गर्नेमा ५३ वर्षका विवाहित पुरुष रहेका छन्। उद्दार गरेर अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।
आत्मदाहको प्रयास गर्नुमा पारिवारिक कारण रहेको देखिएको प्रहरीले जनाएको छ। यसअघि पनि बानेश्वरमै शरीरमा पेट्रोल छर्किएर आगो लगाएर प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।