काठमाडौं– नेपाली सेनाको साइबर स्पेसमा हमला भएको छ। हमला गरेको आरोपमा एक जना पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० घर भइ पोखराको बाटुलेचौर बस्दै आएका २१ वर्षीय सागर ढकाल छन्। उनलाई प्रहरीको साइबर ब्यूरोले बिहीबार पक्राउ गरेको हो।
नेपाली सेनाका साइबर स्पेसमा हमला भएको भन्दै सेनाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका ढकालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।